शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरसफाई सप्ताहमा रयाली र सडक नाटक
जेठ २२, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, २२ जेठ ।
सोमबारबाट १८ औ राष्ट्रिय सरसफाई सप्ताह २०७४ शुरु भएपछि सप्तरीका विभिन्न स्थानमा सरसफाईका विभिन्न कार्यक्रमहरु गरी मनाईएको छ ।
यसै अवसरमा १८ औ सरसफाई सप्ताह र विश्व वातावरण दिवसको अवसरमा सोमबार सप्तरीको बेल्ही चपेना ,नर्घो ,झुटकी र बनैनियाँमा बृहत सरसफाई याली तथा सजिलो चर्पी निर्माण सम्बन्धित जनचेतनामुलक सडक नाटक सम्पन्न भएको छ । प्रकृतिसँग हाम्रो सम्बन्ध ,रहिरहोस अनन्त भन्ने मुल नाराका साथ साबिकको बेल्ही चपेना गाबिसस्थित जमुवा चौकबाट बाल क्लवका पदाधिकारी ,महिला स्वयसेविका ,भिवासिसी सहितको सहभागितामा निकालिएको बृहत सरसफाई याली विभिन्न स्थानको परिक्रमा गरेका थिए । सो यालीमा डिवासिसीका कृष्ण जिसी ,सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा ,फिल्ड अफिसर शुभ नारायण यादव ,स्थानीय प्रजवलकहरु ढुना लाल ठाकुर ,लक्ष्मी चौधरी ,आईडीइ नेपालका अरविन्द यादव ,सरसफाई बजारीकरणका इन्द्रकला चौधरी सहित मावि बेल्ही चपेनाका शिक्षक शिक्षिका सहितको सहभागिता रहेको थियो । 

त्यस्तै सोही अवसरमा सरसफाई तथा सजिलो चर्पी निर्माण सम्बन्धि जनचेतनामुलक सडक नाटक समेत प्रदर्शन गरीएको सरसफाई बजारीकरणका जिल्ला संयोजक देबेश चौधरीले जानकारी दिनुभयो । यसैगरी  १८ औ राष्ट्रिय सरसफाई सप्ताहको पहिलो दिन सोमबार जिल्लाको विभिन्न बिद्यालय तथा समुदाय स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । 

जस अन्तर्गत माबि. भगवतपुर बडहरीमा बिद्यालयस्तरीय बाल कल्व, प्रअलाई बहुमुखि सरसफाई टेवुल हस्तान्तरण गरीएको छ । त्यस्तै सप्तकोशी नगरपालिका गंगाजलीको सदाय बस्तीमा सरसफाई, स्वस्थता कीट बितरण गरीएको छ । सो अवसरमा जिल्ला खानेपानी सरसफाई तथा डिभिजन कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादव, युनिसेफका प्रतिनिधि सुनिता सुल्फे , शम्भुनाथ नगरपालिकाका सरसफाई प्रतिनिधी देव नारायण साह लगायतको सहभागीतामा सरसफाई सप्ताह मनाउन शुरू गरीएको गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.