शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आगलागीबाट ६० हजार बराबरको क्षति
असाड ७, २०७४ | सरगम खबर समाचारदाता

सिरहा, असार ७ गते।
सिरहाको लहान नगरपालिका-१ बस्ने जसिराम सदायको घरमा मंगलबार विधुत सर्ट भइ आगलागी भएको छ।टिनको छाना टाटी बेरा भएको १ तले घरमा दिउँसो २ बजेतिर बिधुत सर्ट भई आगलागी भएको हो।आगलागीबाट अन्नपात, भाडावर्तन र लताकपडा समेत जल्दा अन्दाजी ६० हाजर बराबरको क्षति भएको पिडितले बताए। आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.