शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा जिल्ला स्तरीय शैक्षिक वहस कार्यक्रम सम्पन्न
असाड २६, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ असार २६ - 
सिरहाको लहानमा एक दिने जिल्ला स्तरीय शैक्षिक वहस कार्यकम सम्पन्न भएको छ।सिरहा जिल्लाका सामुदायिक विद्यालयहरुको खस्किदो अवस्था , सामुदायिक  विद्यालयहरुमा  गुणस्तरीय शिक्षा प्रदान हुन् नसक्नुका प्रमुख कारण र यसको समाधानका लागि भएको वहस कार्यक्रममा दर्जनौ सरोकारवालाहरुको उपस्थिति रहेको थियो। जिल्ला स्तरीय मानवाधिकार निगरानी समुह सिरहाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) विराटनगरको सहयोगमा आयोजित उक्त कार्यक्रममा सिरहाका ३ वटा सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले एक एक सेट कम्प्युटर प्रदान गरिएको छ। निगरानी समुहका कोषअध्यक्ष गंगा अधिकारीको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णको प्रमुख आतिथ्यमा सम्पन उक्त वहस कार्यक्रमा जनता मावि माैवाहि,धमियाइन मावि महेशपुर पतारि र रामा महनथि यादव माबि सितापुर लाई एक एक थान कम्प्युटर सेट प्रदान गरिएको छ भने जनता ननद ललिता माबि लक्षमिपुर पतारिलाइ बिज्ञान प्रयोगशाला सन्चालन गर्नका लागि फरनिचर प्रदान गरिएको छ।वहस कार्यक्रमा इलाका प्रशासन लहानका प्रमुख सोम प्रसाद भटराई , लक्ष्मीपुर पतारि गाउँपालिकाका कार्यकारी अधिकृत रबिन्द्र कुमार महत , शिक्षा कार्यलयका बिनि, विद्यालयका प्रधानाध्यापकहरु , अभिभावक समुहका धिरेन्द्र कुमार शाह , अधिकारकर्मी , संचारकर्मी लगायतको सहभागिता रहेकाे थियाे ।कार्यक्रमको संचालन इन्सेक सहजकर्ता  जागेश्वर यादवले गरेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.