शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुई पक्षबिच भएको कुटाकुटमा एक दर्जन घाईते ,दुईको अवस्था चिन्ताजनक
साउन ६, २०७४ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
राजविराज ,६ साउन । धान खेतमा पानी हाल्ने विषयमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.६स्थित खुदीबखारी टोलमा शुक्रबार बिहान भएको विवादमा एक दर्जन भन्दा बढी ब्यक्तिहरु घाईते भएका छन ।खेतमा पानी हाल्ने विषयमा सोही ठाउँका मण्डल र शाहबिच दोहरो कुटाकुट हुँदा एक दर्जन भन्दा बढी ब्यक्तिहरु घाईते भएका छन ,जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।  दुई पक्षबिच भएको दोहरो कुटाकुटमा सोही ठाउँका ५५ वर्षिय रामलखन मण्डल ,संतोष कुमार मण्डल ,३५ वर्षिय देव कुमार मण्डल ,नारायण मण्डल ,राजाराम मण्डल ,श्री कुमार मण्डल ,देवेन्द्र मण्डल ,गोवि लाल मण्डल ,अजित कुमार मण्डल सहित घाईते भएका छन । 

त्यस्तै विपक्षीबाट ४४ वर्षिय विरेन्द्र शाह ,मिश्री लाल साह ,संतोष शाह ,सुरेन्द्र साह ,अनिल साह ,कपिलदेव साह सहित घाईते भएको अस्पताल श्रोतले जनाएको छ ।घाईतेहरुको हाल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यता घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.