शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बर्षा र बाढीका कारण पिडित समुदायलाई राहत वितरण
साउन 32, २०७४ | फिरोज शेख

फिरोज शेख २०७४ श्रावन ३२ - 
निरन्तर बर्षाका कारण सिरहा जिल्लाको लहान नगरपालिकामा भएको क्षतिको अवस्था बारे वर्षाले प्रभावित क्षेत्रमा सोमबार रेडक्रस सोसाइटी लहान ,लाइन्स कल्ब अफ लहान सिटि र शेख मिडिया हाउस प्रालि ( रेडियो सरगम ९३ मेगाहर्ज ) का पदाधिकारीहरुको संयुक्त टोलिले गरेको सुपरिवेक्षण पश्चात विगत ५  दिन परेको अविरल बर्षाका कारण प्रभावित लहानका वडा नम्बर ९ ,१९ र २३ मा कष्टकर जीवन बिताइरहेका ४५ घरपरिवार लाई मंगलबार रेडक्रस सोसाइटीको प्रांगणमा राहत सामग्री वितरण गरेका छन्।  रेडक्रस सोसाइटी लहान ,लाइन्स कल्ब अफ लहान सिटि र शेख मिडिया हाउस प्रालि ( रेडियो सरगम ९३ मेगाहर्ज ) संयुक्त समन्वयमा लहाननगरपाली वडा नम्बर ९ भदैया , १९ नौडेगा र २३ गढीयाका ४५ घरपरिवार लाई राहत स्वरुप चिउरा ५/५ किलो , मुर्ही २ किलो ,दालमुड १ किलो , नुन १ किलो ,चाउचाउ ३ प्याकेट र त्रिपाल १/१ थान राहत वितरण गरिएको छ।

त्यस्तै दुर्गा मन्दिर सेवा समिति लहान द्वारा लहानको दुर्गा मन्दिर परिसरमा बर्षाले प्रभावित करिब एक सय जनालाई लुगा , चाउचाउ , चिउरा , दाल्मोड़ , म्याट र पानि उपलब्ध गराएको दुर्गा मन्दिर सेवा समिति लहानका अध्यक्ष बिनोद साहले जानकारी दिएका छन्। 

यसै बीच लहाननगरपालिका वडा नम्बर २० र २१ मा अविरल बर्षाले भएको क्षतिको विवरण संग्कलन संगै निरीक्षण गर्न चाडै लाइन्स कल्ब अफ लहान सिटि र शेख मिडिया हाउस प्रालि ( रेडियो सरगम ९३ मेगाहर्ज ) का पदाधिकारीहरुको संयुक्त टोलि जाने रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखले जानकारी दिएका छन् ।

यताअबिरल बर्षा र अनियन्त्रित बाढीले विस्थापितहरुलाई सिरहा नगरपालिका वडा नं. ६ बसविट्टामा सोमबार राहत वितरण गरिएको छ । उधोग बाणिज्य संघ सिरहाद्घारा विस्थापित वडा नं. ६ बसविट्टाका बाढीपिडितहरुलाई चामल ९ क्वीन्टल, दाल १ क्वीन्टल, नुन १ क्वीन्टल, सलाई, मैनवती एक सय थान वितरण गरिएको छ । भने अब आउने लगतमा पनि वितरण गर्ने उधोग बाणिज्य संघ सिरहाका अध्यक्ष संजय साहले बताएका छन् । संघ सिरहाका अध्यक्ष संजय महासेठ, सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादव, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिती रहेको यूवा स्थानीय राजनीतिकर्मी दिनेश कुमार यादवले बताएका छन् ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.