मंसिर १७, २०८२ , Lahan
1941 Views
फिरोज शेख लहान २०८२ मङ्सिर १७ -
नेपाल चिकित्सक संघ (NMA) लहान शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अध्यक्षमा डा. ओम प्रकाश चौधरी निर्वाचित भएका छन्। तत्कालीन अध्यक्ष डा. सुभाष बाबु शाह ‘इमिडियट पास्ट प्रेसिडेन्ट’मा रहनुहुनेछ। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा. रितेश गिरी र उपाध्यक्षमा डा. लुसन कुमार यादव (सुखिपुर), डा. महेश कुमार शाह (लहान), डा. शम्भू कुमार शाह (मिर्चैया) र डा. तेज शंकर यादव (गोलबजार) चयन भएका छन्। यस्तै, महासचिवमा डा. बृजेन्द्र कुमार शाह, सह–महासचिवमा डा. अभय चन्द्र यादव, कोषाध्यक्षमा डा. गीता कुमारी यादव र सह–कोषाध्यक्षमा डा. राखी शाह चयन भएका छन्। सम्पादकमा डा. सुसान्त कुमार स्वतन्त्र चयन भएका छन्।
त्यसै सदस्यहरुमा डा. अखिलेश कुमार चौधरी, डा. अनिल कुमार यादव, डा. बिनोद कुमार शाह, डा. धिरज कुमार शाह, डा. गंगा प्रसाद मण्डल, डा. मुकुन्द्र कुमार शाह, डा. प्रवेज कौशर र डा. प्रबिन यादव चयन भएका छन्। त्यस्तै वरिष्ठ सल्लाहकारमा डा. मिश्री लाल शाह, डा. रबिन्द्र कुमार र डा. शिवशंकर शाह रहेका छन्। नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...