पौष ०७, २०८२ , Lahan
803 Views
फिरोज शेख लाहन २०८२ पौष ७ -
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका टुरिजम एण्ड फनपार्कको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र लहानको प्राविधिक सहयोमा सोमबार अस्पतालको प्रांगणमा वृहत रक्तदान शिविर सफलता पुर्वक सम्पन्न भएको छ।
मानव जीवन बचाउने उद्देश्यले आयोजित स्वेच्छिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका युवायुवती तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा रक्तदान गर्न इच्छुक सहभागीहरूले उत्साहका साथ रक्तदान गर्दै आपतकालीन अवस्थामा रगतको अभाव नहोस् भन्ने सन्देश दिएका छन्। आयोजक संस्थाले रक्तदान जस्तो पुण्य कार्यमा युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह भएको जनाएको छ।कार्यक्रमा मेडिकल इन्स्टिच्युट लहानका विधार्थीहरुको उल्लेखनी सहभागिता रहेको अस्पतालका मेसु डाक्टर सुभाष बाबु साहले जानकारी दिनु भयो। कार्यक्रममा ५३ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएका छन् । रक्तदान कार्यक्रमबाट संकलित रगत आवश्यकता परेका बिरामीहरूको उपचारमा प्रयोग गरिने आयोजकले जानकारी दिएका छन्। यस्ता कार्यक्रमले समाजमा मानवता, सेवा र सहयोगको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...