शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान GFA द्वारा सरसफाई कार्यक्रम सम्पन्न
असाड २, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ २६ - 
लहान नगरपालिकाको सोजन्यमा लहानमा ग्लोबल फ्रेन्डस एशोसिएसन लहानले सरसफाई कार्यक्रम लाई निरन्तरता दिदै सनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। लहान ६ राधा कृष्णा चौक देखि लहान ७ मा अवस्थित दुर्गा मन्दिरको एक नम्बर रोड हुदै राम मन्दिर आसपासका क्षेत्रमा लहान नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अरुण केसी ,  ग्लोबल फ्रेन्डस एशोसिएसन GFA का पदाधिकारीहरु , एपेक्स एजुकेशनल लहान ८ र लहान पोलिटेक्निकल कलेज लहानका विद्यार्थी तथा शिक्षकहरु , संगै सर्वसाधारण , जनप्रतिनिधि , संचारकर्मीको सहभागितामा गरिएको उक्त सरसफाई कार्यक्रममा आफ्नो घर आँगन तथा वरिपरि बाट निस्किने फोहरमैला व्यवस्थापन गरौ , फोहर लाई कुहिने र नकुहिने दुई भागमा विभाजन गरि व्यवस्थापन गरौ , घर आँगन बाट निस्कने फोहरमैलालाई नगरपालिकाको फोहर संकलन गर्ने गाडीमा फालौ , जथाभावी दिशा पिसाव नगरौ , कुनै पनि प्रकारको फोहरमैला लाई नालामा नफालौ , आफ्नो अगाडिको नाला, ढल , सडक सफा राखौ , आफ्नो घर अगाडी कसैलाई फोहर फाल्न नदिऊ र आफु पनि नफालौ ,  शौचालय बाट निस्कने फोहरलाई नालामा निकास नगरौ , झिंगा भन्केको बासि खाना र जथाभावी खुल्ला ठाउमा राखेका खाने कुरा नखाऊ , होटल तथा मदिरा पसलबाट निस्कने फोहरलाई किटनाशक औषधि प्रयोगगरी मात्र व्यवस्थापन गरौ , नगर सफा राखी असल नागरिकको परिचय दिउँ , घर पालुवा जनावरहरु जथाभावी सडकमा नछाडौ , घर निर्माण सामग्री जथाभावी सडक अतिक्रमण गरि नराखौ , स्वच्छ लहान स्वस्थ लहान , सब रोगके एक दबाइ घरमे राखु सरसफाई , सफा रहौ स्वस्थ बनौ लगायतका विभिन्न चेतना मुलक अडियो जिङ्गल सहित जनचेतना जगाउदै ग्लोबल फ्रेन्डस एशोसिएसन लहानका अध्यक्ष वसन्त साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.