115 Views
सिरह लहान २०८२ बैशाख २५ -
सिरहाको लहानबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।सिरहा लहान नगरपालिका–१७ स्थित बलान खोलाबाट बुधबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन् ।प्रहरीले उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध बरामद गरेको छ । संगै उनीहरु बाट म.प्र.०१–००४प ५९८५ र स३प १७२ नम्बरको गरी दुई थान मोटरसाइकल र रेडमि र रियल्मि गरी दुई थान मोबाइल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले बताएकाछन् ।