शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको सहिद स्मारक स्थानान्तरण गरियो

14 Views

बैशाख १७, २०८२ | फिरोज शेख

फिरोज शेख लहान २०८२ बैशाख १७ -
लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन मधेश आन्दोलनका क्रममा सहिद भएका रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको शालिकलाई स्थानान्तरण गरिएको हो । यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबिच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि सहमति जुटेको थियो । सहमतिअनुसार सडकको बिच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि हिजो बेलुका स्थानान्तरण ग्गरिएको हो । “लामो प्रयास र निरन्तरको छलफलपछि चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई स्थानान्तरण गरिएको मधेश आन्दोलन संघर्ष समितिका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले जानकारी दिए।  “सर्वपक्षीय सहमति अनुसार सडक निर्माण सम्पन्न भएपछि उक्त सालिकलाई पुनः साविककै स्थानमा व्यवस्थित ढङ्गले पुनःस्थापना गरिने सहमति भएको जनाइएको छ।”सहिद स्मारकलाई स्थानान्तरण गर्ने क्रममा मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिकलाई उत्तर दिशामा फर्काएर राख्दा केहि बेर स्थानीयहरू आक्रोशित हुँदै हो-हल्ला गरेका थिए। त्यसपश्चात पुनः चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’का कामदारहरु आएर सहिद रमेश महतोको शालिकलाई पश्चिम दिशा तर्फ फर्काएका थिए।

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले ठेक्का पाएर विगत चार वर्षदेखि काम गरिरहेको छ । यस क्रममा लहान बजारको मुख्य चोकमा ‘फ्लाइओभर’ र ‘अन्डरपास’ संरचना निर्माणका लागि सडकको बिच भागमा रहेको मधेश आन्दोलनका क्रममा सहिद भएका रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सम्झनामा निर्मित स्मारकको कारण समस्या हुँदै आएको थियो। यस आयोजनाको पश्चिम खण्ड कुशहाबाट कमलासम्मको ४७.४१ किलोमिटर सडक निर्माणको प्रगति विवरण हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०२५ डिसेम्बर ३१ सम्म यस आयोजना सम्मन्न गरिसक्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.