26 Views
फिरोज शेख लहान २०८२ वैशाख १४। यामाहा नेपालले लहानमा ‘यामाहा शोरूम एक्स्चेन्ज कार्यक्रम’ आयोजना गरेका छन् । कार्यक्रम वैशाख १५ गतेदेखि सुरु भई २१ वैशाख २०८२ सम्म सञ्चालन हुनेछ।नेपालकै सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी एक्स्चेन्ज कार्यक्रम मध्ये एक मानिने यस शोरूम एक्स्चेन्जमा जुनसुकै ब्रान्डको बाइकमा न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन गरिनेछ। साथै, बाइक एक्स्चेन्ज गर्दा थप १० हजार रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ।ग्यारेन्टर विना ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गरिनेछ भने ‘थ्रिल अफ थ्री’ योजनाअन्तर्गत १ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसरसमेत प्रदान गरिनेछ। साथै, नयाँ बाइक खरिद गर्दा निःशुल्क एक्सेसोरीज पनि उपलब्ध गराइनेछ।लहानमा अवस्थित एस एस अटो सेन्टर यामाहा शोरुमका संचालक संजिव साहले ग्राहकहरूलाई शोरूममा उपस्थित भई विशेष अफरहरूको फाइदा उठाउन र नयाँ यामाहा बाइक आफ्नो बनाउन आग्रह गरेको छ।