शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्राक्टरका विक्रेता द्वारा ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
भाद्र ३१, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ भाद्र ३१ - 
सिरहाको लहानमा विगत २ वर्ष देखि संचालित स्कोर्ट कम्पनीको पावर ट्राक ट्राक्टरका सगरमाथा अञ्चल अधिकृत विक्रेता नेपाल ट्रेड एण्ड सर्भिस लिंकले  ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल ट्रेड एण्ड सर्भिस लिंकका जीएम प्रल्हाद शर्माको अध्यक्षता तथा  स्कोर्ट कम्पनीका आर बि एम समिर कुमार वर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरु लक्ष्मी प्रसाद यादव ,शंकर प्रसाद साह ,सन्तोष आचार्य लगायत १ सय ४० जना ग्राहक वर्गहरुको उपस्तिथी रहेको थियो। भेटघाट कार्यक्रममा पावर ट्राक ट्राक्टरको गुणस्तरीयता , प्रविधि तथा समस्याको बारेमा ग्राहकहरुको प्रतिक्रिया , सल्लाह - सुझाव लिइएकोमा उपस्थित ग्राहकहरुले पावर ट्राकको खुलेर प्रसंशा गर्दै आजै २१ जाना ग्राहकले पावर ट्राक ट्राक्टर खरिद गरेका छन।भने ३० जना ग्राहकले बुकिङ्ग गराएका छन।

नेपाल ट्रेड एण्ड सर्भिस लिंकले विश्वकर्मा पुजा , विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको अवसरमा ग्राहक वर्ग लाई विशेष छुट सुविधा सहित प्रतेक पावर ट्रक ट्राक्टर खरिदमा एउटा ३२ इन्चको एल इ डी टिभी पुरस्कार स्वरूप प्रदान गरिने नेपाल ट्रेड एण्ड सर्भिस लिंक लहानका प्रवन्धक उज्वल यादवले बताए। कार्यक्रमको संचालन प्रवन्धक उज्वल यादवले गर्नु भएको थियो भने सहभागी सम्पुर्ण ग्राहक लाई स - सम्मान खादा ओढाई सम्मान समेत गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.