शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लाहानमा तिन दिने विज्ञान रिसर्च तालिम शुरु
चैत्र १, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ चैत्र १ - 
सिरहाको लाहानमा अवस्थित जे।एस। मुरारका वहुमुखी क्याम्पस लहामा विज्ञान शिक्षा सम्बन्धि ३ दिने विज्ञान रिसर्च तालिम शुरु भएको छ। रिसर्च म्यानेजमेन्ट सेल र जे।एस। मुरारका वहुमुखी क्याम्पसको आयोजना तथा नेपाल केमिकल सोसाइटी, इस्टर्न च्याप्टर( NCS ) बिराटनगरको सहयोगमा प्रदेश २ स्तरीय ३ दिने विज्ञान रिसर्च तालिम शुरु भएको हो। प्रदेश २ को ८ वटै जिल्लाका विज्ञान सम्बन्धि पठन पाठन हुने क्याम्स,निजि कलेज तथा माध्यमिक विद्यालयका करिब ५० जना शिक्षक तथा जे।एस। मुरारका क्याम्पसका विज्ञान संकायमा अध्यनरत करिब ३० जना छात्र छात्रा सहभागी भएका छन्।  मुरारका कयाम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षता तथा संघीय सांसद सरिता गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा नेपाल केमिकल सोसाइटीका अध्यक्ष अमरप्रसाद यादव,डा।सूर्या कान्त कलौनी ,डा।राम जीवन यादव,दिपक कुमार गुप्ता,बुलबुल चौधरी ,संचालक समिति सदस्य राकेश झा,राकेश झा,एन प्याव्शन जिल्ला अध्यक्ष प्रदीप तिवारी,शेख मिडिया हाउस प्रालिका प्रवन्ध निर्देशक फिरोज शेख ,लगायत क्याम्पसका शिक्षक शिक्षिका संगै छात्रछात्राहरु लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि गिरीले संसारमा विज्ञान तथा प्रविधिले नै देश विकास, मानिसको जीवनशैली र कार्यक्षमतामा आमूल परिवर्तन ल्याएको भन्दै नेपालमा भएका स्रोत, साधनलाई परिचालन गर्नसके देशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बाताइन। उनले यस्ता खोज तथा अनुसन्धानमा नेपाली वैज्ञानिक सक्षम भएको चर्चा गर्दै सरकारको यसतर्फ ध्यान जानु जरुरी रहेको बताउदै भविष्यमा जे।एस। मुरारका वहुमुखी क्याम्पस लाई मेरो आवस्यकता महसुस भए यस क्याम्पसमा कार्यरत भई आफुले सिकेका र बुझेका अनुभवहरु आदान प्रदान गर्ने जिज्ञासा राख्नु भयो। कार्यक्रममा स्वागत मन्तव्य प्रध्यापक संजय चौधरीले राख्नु भएको थियो भने उद्घोषण प्रध्यापक सजन कुमार साहले गर्नु भएको थियो। ३ दिन सम्म चल्ने उक्त तालिममा विज्ञान र ल्याव सम्बन्धि विभिन्न रिसर्चहरु संगै क्रियाकलापहरुको आयोजना गरिने नेपाल केमिकल सोसाइटी संस्थाका अध्यक्ष अमरप्रसाद यादवले जानकारी दिए । 

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.