शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
फाल्गुन १५, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ फागुन १५ - 
गोलबजार जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । गोलबजार जेसीज बर्ष २०१९ का अध्यक्ष श्याम साह ( भोरे भोर ) को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल जेसिसका बेस्ट ट्रेनर राजा बाबु साह प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा मात्री शाखा लहान सिटि जेसिजका पुर्व अध्यक्ष राकेश झा,शंकर प्रसाद गुप्ता संगै लहान सिटि जेसिज वर्ष २०१९ का अध्यक्ष राजु मण्डल ,मनार्थ सदस्य मनिस सारडा,लहान नपा. वडा न. ७ का अध्यक्ष रोशन गुप्ता, सुनचाँदी व्यवसाय संघ लहानका उपाध्यक्ष नन्द किशोर गुप्ता , ग्लोवल फ्रेन्ड्स एसोसिएसनका संस्थापक कृष्णा गुप्ता,संचारकर्मी फिरोज शेख रहेका थिए ।

उपस्थित सम्पूर्ण अतिथिहरुले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै युवाहरुको सामाजिक ,आर्थिक र भौतिक विकासमा जेसिसको भूमिका महत्वपूर्ण रहेको बताए । युवाहरुको सहभागिता बिना गाँउघर , समाज र देशको मुहार परिर्वतन गर्न असम्भव रहेको बताए । कार्यक्रममा गोलबजार जेसिज बर्ष २०२० का लागि निर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ खादै पदभार ग्रहण गरेका छन् ।२०२० का लागि निर्विरोध निर्वाचित अध्यक्ष विन्देश्वर साह लाई बर्ष २०१९ का अध्यक्ष श्याम साहले सपथ खुवाएका थिए भने अन्य नवनिर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष विन्देश्वर साहले सपथ खुवाएका थिए ।

गोलबजार जेसिज बर्ष २०२० का लागि कार्यकारणी उपाध्यक्षमा प्रदिप कुमार साह र सुमन गुप्ता निवाचित भएका छन् ,भने उपाध्यक्षहरुमा राम जगत यादव , शुसिल कुमार मुखिया लगायतका निर्वाचित भएका छन् ,भने तालिम निर्देशकमा किरण पराजुली,जन सम्पर्क अधिकारिमा सन्तोष कुमार गुप्ता निर्वाचित भएका छन्। यस्तै २०२० का लागि महासचिवमा सुनिल कुमार लामा , कोषाध्यक्षमा रिना कुमारी शर्मा, कानुनी सल्लाहाकारमा त्रिदेव साह मनोनित भएका छन् । कार्यक्रममा यस क्षेत्रका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि , राजनितिक दल , समाजसेवि , बुद्धिजिवी , जेसिजको मात्री  शाखाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा गोलबजार जेसिज बर्ष २०१९ लाई सफल पार्न सहयोग गर्ने विभिन्न ब्यक्ति , संघसंस्थाहरु र बर्ष २०१९ का पदाधिकारीहरुलाई मायाको चिनो ,सयपत्री फुल र मिथिलाको गमछाले सम्मान गरिएको थियो । आफ्नो कार्यकालमा साचे जस्तै सबै कुरा सम्भव नभए पनि बर्ष २०१९ का अध्यक्ष साहले सबैको साथ र सहयोगमा वर्ष २०२० का अध्यक्षले गोलबजार जेसिज लाई उत्कृष्ट बनाउन सम्पूर्ण कार्यहरु गर्ने विश्वास व्यक्त गर्दै उपस्थित सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नु भयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.