शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको विकट ठाउँमा पनि चौधरी र कर्माचार्यको राहत
बैशाख १९, २०७७ | फिरोज शेख

फ़िरोज शेख लहान २०७७ बैशाख १९ -
सरकारले लकडाउन गरेको एक महिना एक साता बिति सकेको छ। लकडाउनको प्रत्यक्ष मारमा दैनिक ज्यालादारी गरि खाने मजदुरका परिवार परेका छन्। लकडाउनको बेला आर्थिक अभावको चरम मारमा परेका लहानको विकट उत्तरवर्ती गाउँका बासिन्दालाई महेश चौधरी र संगीता कर्माचार्यले राहत उलब्ध गराएका छन। स्थानीय सरकारको आँखा पुग्न नसकेको लहान नगरपालिका वडा १६ मा यी दुई जोडीले एबी मल सिरहा सुपर मार्केट गोलबजार ६ र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री बितरण गरेका छन ।

समाजसेवि कर्माचार्य र चौधरीका अनुसार लहानको विकट ठाउँ मानिने तरेगना, आरी दमाड़, भसुवा, डुमरे र देउरालीमा हाल सम्म नगरपालिकाबाट कुनै प्रकारको राहत प्रदान नगरिएको अवस्थामा हामि सामाजिक अभियन्ता परिचालक गरि एक सय जनाको नामावली संगकलन गरि राहत उपलब्ध गराएको बताए ।एबी मलको आर्थिक सहयोगमा एपोलो ॐ स्कुलका प्रिन्सिपल महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले लहान १६ का जम्मा एक सय घरपरिवारलाई १० केजी चामल,१ केजी दाल,१ केजी मटर, १ केजी नून र १ केजी आलू राहत सामाग्री उपलब्ध गराएका छन। यी दुई जोडी नेपाल लकडाउन भएको पहिलो साता देखि नै लहानका विभिन्न स्थानमा रहेका दैनिक ज्याला मजदुरी गरि खाने अति विपन्नहरु लाई विभिन्न दाताहरुको सहयोग र सहकार्यमा राहत उपलब्ध गराउदै सामाजिक उत्तरदायित्व क्षेत्रमा निकै चर्चामा रहेका छन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.