शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्लिम वेलफेयर सोसाईटी द्वारा राहत वितरण
बैशाख २५, २०७७ | फिरोज शेख

सिरहाको लहानमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपालले रमदानको अवसरमा लकडाउनको प्रत्यक्ष मारमा परेका लहान ५  का मजदुर,एकल महिला  गरिब तथा विपन्न लाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन। युथ मुस्लिम वेलफेयर सोसाईटीका युवाहरुले लहान ५ का १२५ जना घरपरिवारलाई राहत स्वरुप चामल १० किलो ,दाल १ किलो ,तेल आधि लिटर ,आलु १ किलो ,प्याज १ किलो ,सोयाबिन २५० ग्राम ,भुजा १ प्याकेट ,लुगा र नुहाउने साबुन १ / १ पिस उपलब्ध गराएको मुस्लिम वेलफेयर सोसाईटीका अध्यक्ष इसराइल सिद्दिकीले जानकरी दिएका छन् । अध्यक्ष सिद्दिकीका अनुसार आगामी दिनमा १०,९ ,७ ,६,४  र २ नम्बर वडामा पनि राहत वितरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.