शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरी र कर्माचार्य द्वारा १५५ विपन्न लाई राहत
बैशाख ३१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ३१ - 
कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुको ओठमा मुस्कान ल्याउने उदेश्यका साथ महेश चौधरी र संगिता कर्माचार्यको जोडीले राहत वितरणको कार्यक्रम लाई निरन्तरता दिइरहेका छन्। यी दुई मनकारीहरुले गर्दा लकडाउनमा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकटसंग जुध्न बल मिलेको छ। विभिन्न मनकारीहरुको सहयोग र साथ लिई चौधरी र कर्माचार्यले पिडितको नामावली संकलन गर्दै राहत बाँडिरहेका छन। यी दुई जोडीले लहान नगरपालिका बजार क्षेत्र भित्र चिया पसल, ठेलामा चटपटी बेच्ने,फलफुल बेच्ने, घर भाड़ामा बस्ने, बृध ,एकल महिला,असहाय तथा मज़दूरहरु १ सय २५ घरपरिवार लाई १० किलो चमाल, १ किलो दाल,१ किलो आलू, १ पोकेट तेल,१ किलो नून र १०० ग्राम स्याबिन राहत उपलब्ध गराएका छन। 

यसै बीच मंगलबार लहान नगरपालिका -१५ मोहनपुर टोलमा राहत नपाएका बृध,एकल महिला,असहाय तथा नागरिक्ता नभएका मुसहर तथा मगर बस्तीमा नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्माचार्य द्वारा ३० घर धुरीलाई प्रति परिवार १० किलो चमाल,१ किलो दाल,१ किलो आलू,र १ किलो नून समेत वितरण गरिएको समाजसेवी चौधरीले जानकारी दिएका छन।

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरु लाई महेश चौधरी र संगिता कर्माचार्यको जोडी जस्ता मनकारीहरुले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकट संग जुध्न बल मिलेको स्थानीय बुद्धिजीवीहरु बताउछन। नेपाल सरकारले लकडाउन ( बन्दाबन्दि ) गरेको बुधबार ५१ औ दिन चलि रहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.