शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरी र कर्माचार्यको अर्को कृति ३१५ दलित लाई खाना
जेठ ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ ४ - 
कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि लहान नगरपालिका-१४ बस्तिपूरका दलित बस्ती मा समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले आइतबार एक छाक सादा खाना खुवाएर नयाँ कृति बनाएका छन। लक डाउन भएको विगत चैत्र १५ गते देखि लहान नगरपालिका अन्तर्गत रहेका लगभग सम्पूर्ण वडाका दलित ,गरिब ,अति विपन्न ,दैनिक ज्यालादारी गर्ने मजदुर ,कुली,भाडेदार लगायतको पहिचान गरि खाद्यान सामग्री उपलब्ध गराउदै सामाजिक कार्यमा आफ्नो छुटै पहिचान बनाउन सफल यी युगल जोडीले लहान नगरपालिका-१४ बस्तिपूरका दलित बस्तीमा वसोबास गर्ने ६७ घर परिवारका करिब ३१५ जना लाई दाल ,भात ,तरकारी र आँपको अचार सहित एक छाक खाना खुवाएका छन।

एक छाक नि:शुल्क भोजन कार्यक्रमका संयोजक नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनको कारण कोही भोकै बस्न नपरोस भनेर आइतबार एक छाक नि:शुल्क खाना खुवाएको बताउनु भयो। संगै नेपाल सरकारले लकडाउन गरेको ५५ दिन बिति सकेको र कोरोना सङ्क्रमित निरन्तर बढ्ने क्रम जारि रहेको हुँदा सरकारले आइतबार गरेको निर्णय अनुसार जेठ २० गते सम्म लम्बियाएको लकडाउनको प्रत्यक्ष मारमा परेकाहरु लाई आफुहरुले केहि सहयोग संगै सेवा गर्न पाउदा भाग्यमानी ठानेको बताउदै सोमबार पनि लहान नगरपालिका-१४ बस्तिपूरकै सोहि दलित बस्ती पुनः एक छाक खाना खुवाउने योजना रहेको जानकारी गराउदै राहत वितरण तथा आवश्यकता अनुसार भोजन कार्यक्रम लाई पनि निरन्तरता दिने बताउनु भयो। सरकारले भने अनुसार कोरोना भाइरस नियन्त्रणका लागि लागु गर्नुपर्ने दुरीमा खाना बनाउने काम भएको र भोजन समेत सोही अनुसार बितरण गरिएको उनले जानकारी गराइन। भोजन कार्यक्रम लाई व्यवस्थापन गर्न सानो पाईला नेपालका सदस्यहरुले सहयोग गरेको बताउदै संस्था प्रति आभार प्रकट गर्नुभयो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.