शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी म. स.जोडी द्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम शुरु
जेठ ६, २०७७ | फिरोज शेख


कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुको ओठमा मुस्कान ल्याउने उदेश्यका साथ लकडाउन लम्बिने क्रम जारि रहदा म.स. जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यको जोडीले दोस्रो चरणको राहत वितरणको कार्यक्रम शुरु गरेको छ। यी दुई मनकारीले मंगलबार सगरमाथा ऋण सहकारी संस्था , लहान प्यारागन पब्लिक स्कुल लहान ३ र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा लहान नगरपालिका-३ होस्पिटल पछाड़ी वसोवास गर्ने मुसहर बस्तीका ८० घर परिवार मुसहर र पासवानहरूलाई दोस्रो चरणको राहत स्वरुप १० किलो चमाल,१ प्याकेट तेल र १ किलो नून उपलब्ध गराइएको नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले जानकारी गराउनु दिनुभय।समाजसेवी चौधरी र कर्माचार्यले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकटसंग जुध्न बल मिलेको छ ।  विभिन्न मनकारीहरुको सहयोग र साथ लिई चौधरी र कर्माचार्यले पिडितको नामावली संकलन गर्दै नेपाल लकडाउन भएको पहिलो साता देखिने राहत वितरणका कार्यक्रमहरु गरिरहेका छन। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.