शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी जोडीको राहत अभियान जारि ,लकडाउन खुले पछि मात्र विश्राम
जेठ १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ १३ - 
समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण अभियान लाई निरन्तरता दिदै ६५ परिवारलाई राहत उपलब्ध गराएका छन।समाजसेवी कर्माचार्य र चौधरीको जोडीले सोमबार र मंगलवार गरि लहानको २ वटा वडामा रहेका ६५ घर परिवारलाई राहत वितरण गरेका छन। समाजसेवी जोडीले सोमबार लहान नगरपालिका-२३ गाढ़ामा २९ घर डोम, ११ घर मुसहर र १० घर चमार गरि ५० घर परिवारहरूलाई १० किलो चमाल,१ पोकेट तेल,१ किलो नून र २५० ग्राम स्याविन राहत उपलब्ध गराएका छन।सोहि क्रममा लकडाउनभरी राहत सामग्री वितरण गरिरहने चौधरी र कर्माचार्यलाई नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्र. गुप्ताका मातापिता लहान २३ गाढा निवासी प्रमेश्वर साहु गुप्ता र पार्वती देवीले राहत वितरणका क्रममा भव्य स्वागत गरेका थिए । यी जोडीको कार्यलाई उच्च मुल्याङ्गकन    गर्दै खाजा खुवाई र खाँदा ओढाई सम्मान गरेका हुन। 

त्यस्तै मंगलवार यी दुई जोडीले लहान नगरपालिका-२२ बेली टोलका डोम बस्तिमा १५ घर परिवार मरिकहरूलाई १० किलो चमाल,१ प्याकेट  तेल,१ किलो नून र २५० ग्राम सोयाबिन उपलब्ध गराएको नेपाल महिला संघका केन्द्रीय सदस्य तथा समाजसेवी संगीता कर्माचार्यले जानकारी दिनुभयो। समाजसेवी कर्माचार्य र चौधरीले वर्तमान अवस्थालाई मध्यनजर गर्दै राहतको कार्यक्रमलाई निरन्तरता दिने र लकडाउन खुले पछि मात्र विश्राम लिने समेत बताएका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.