शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी कर्माचार्य र चौधरी द्वारा ७० परिवारलाई राहत
जेठ १७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ १७ - 
समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले आफ्नो दोस्रो चरणको राहत वितरण अभियान लाई निरन्तरता दिदै ७० परिवारलाई राहत उपलब्ध गराएका छन।समाजसेवी कर्माचार्य र चौधरीको जोडीले विहिबार ,शुक्रबार र शनिबार गरि लहानको ३ वटा वडामा रहेका ७० घर परिवार एकल महिला,नागरिक्ता नभएका, अपांग,असहाय तथा दलित लाई राहत वितरण गरेका छन। समाजसेवी युगल जोडीले विहिबार लहान नगरपालिका -१५ ढोढनाको डोम बस्तिका १० घर परिवार लाई १० किलो चमाल,१ पोकेट तेल र १ किलो नून त्यस्तै शुक्रबार लहान नगरपालिका-५ र १ मा सिलाईको काम गर्ने, गाड़ी चलाउने ड्राइवर र दैनिक मज़दूरी गरी खाने लक डन का कारण समस्यामा परेकाहरुलाई लहान-५ पानीटंकी टोलमा १५ घरपरिवार र लहान-१ दूरसंचार टोलमा १० घर परिवारलाई १० किलो चमाल,१ पोकेट तेल र १ किलो नून त्यस्तै शनिबार लहान नगरपालिका-१ कृष्णाटोलमा राहत नपाएका एकल महिला,नागरिक्ता नभएका, अपांग,असहाय तथा दलित ३५ घर परिवार लाई १० किलोचमाल,१ पोकेट तेल,१ किलो दाल र १ किलो नून राहत स्वरूप उपलब्ध गराएको नेपाल महिला संघका केन्द्रीय सदस्य तथा समाजसेवी संगीता कर्माचार्यले बताएकी छिन। समाजसेवी कर्माचार्य र चौधरीले वर्तमान अवस्थालाई मध्यनजर गर्दै राहतको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन।

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरु लाई महेश चौधरी र संगिता कर्माचार्यको जोडी जस्ता मनकारीहरुले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकट संग जुध्न बल मिलेको प्रस्टै देखन सकिन्छ। नेपाल सरकारले लकडाउन ( बन्दाबन्दि ) गरेको शनिबार ६८ औ दिन चलि रहेको छ। यस लक डाउनको अवधिमा सिरहा जिल्लामा २५ जना कोरोना संक्रमितहरु फेला परि सकेका छन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.