शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डिएसपी सापकोटाको सरुवा ,लहानमा राणा
जेठ २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ २० - 
लहानको सडक विस्तार र अतिक्रमित जग्गा खालि गराउन महत्वपूर्ण  भूमिका खेल्नुहुने शसस्त्र प्रहरी बल नेपाल ,सुरक्षा बेस क्याम्प लहानका प्रमुख डिएसपी अर्जुन सापकोटाको रौतहट  सरुवा भएको छ।डिएसपी सापकोटाको शसस्त्र प्रहरी बल नेपाल गण नंम्बर ११ हेडक्वाटर रौतहटको गौर सरुवा भएको छ। 

करिब आठ महिना लहान बसाईको क्रममा सापकोटाले पूर्ब पश्चिम राजमार्गमा अतिक्रमण गरि बनाइएको घर टहरा हटाउन ,तस्करी तथा कालोबजारी नियन्त्रण गर्न , कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागु गरेको लक डाउन (बन्दाबन्दी) कार्यन्वयन गराउन , घरेलु मदिरा नियन्त्रण गर्न निकै महत्वपूर्ण भूमिका खेल्नु भएको स्थानीय वुद्धिजीवी ,नागरिकीसमाज , समाजसेवी ,अधिकारकर्मी ,जनप्रतिनिधि ,संचारकर्मी  लगायत स्थानीयहरु बताउछन।  यसैबीच शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प लहानका प्रमुखमा शसस्त्र प्रहरी बल नेपाल गण नंम्बर ८ हेडक्वाटर धनुषाबाट डिएसपी  डम्बर राना आउनु भएको जिल्ला प्रशासन कार्यलय सिरहाले जनाएको छ। 
 
त्यस्तै ईलाका  प्रशासन कार्यालय लहानका प्रमुख उप-सचिव कमलराज भण्डारी बझांग जिल्लाको प्रमुख जिल्ला अधिकारीमा  लहान बाट सरुवा हुनु भएको समेत जानकारी प्राप्त भएको छ | उहाले पनि लहानको मुहार फेर्न अति सराहनीय कार्यहरु गर्नु भएको स्थानीयहरू बताउछन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.