शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरी र कर्माचार्यको राहत अभियान आज पनि
जेठ २४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ २४ - 
समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले  राहत वितरण लाई निरन्तरता दिदै आज पनि राहत वितरण गरेका छन्। लकडाउनको मारमा परेका लहान नगरपालिका-१ मा तेस्रो पटक पिडितहरु लाई राहत उपलब्ध गराएका हुन्। लकडाउनको प्रत्यक्ष मारमा परेका लहान नगरपालिका-१ का वृद्ध,एकल महिला,असहाय,डोम,मुसहर,भाड़ा लिएर बस्ने बिधार्थी,होटेलमा काम गर्ने स्टाप तथा चियापसललेहरूलाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले जोडीले प्रसंशा बूक सेंटरका संचालक प्रहलाद सापकोटा र अपोलो स्कुलको सहयोगमा    शनिवार ६५ घरपरिवार लाई १० किलो चमाल,१ किलो दाल, १ प्याकेट तेल,१ किलो आलू र १ किलो नुन खाद्यान्न सामग्री उपलब्ध गराएका छन।  यी दुई युगल जोडी कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरुको सहारा बन्दै गइरहेको स्थानिहरु बताएछन । यी दुई जोडीले नेपाल सरकारले लकडाउन गरेको ७५ दिन सम्म राहत वितरण लाई निरन्तरता दिदै  २ हजार ३ सय १५ घर परिवार लाई राहत उपलब्ध गराइसकेका छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.