शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हिंसा प्रभावितहरुको न्यायमा पहुँचका लागि जिल्ला स्तरीय अन्तर्कृया कार्यक्रम सम्पन्न
आश्वीन १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज १३ - 
सामाजिक सेवा दिवसको अवसरमा हिंसा प्रभावितहरुको न्यायमा पहुँचका लागि जिल्ला स्तरीय अन्तर्कृया कार्यक्रम लहानमा सम्पन्न भएको छ । सोमबार सिरहाको लहानमा ओरेक नेपाल सिरहा द्वारा सामाजिक दिवस सप्ताहको अवसरमा अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको हो । ओरेक नेपाल सिरहाका कार्यक्रम संयोजक ज्योती तिवारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारि प्रदिपराज कणेलको प्रमुख आतिथ्यता र लहान नगरपालिकाको उपप्रमुख तथा न्यायीक समितिका अध्यक्ष सरियार कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला अधिकारी प्रदिपराज कणेलले नागरिकमा सचेतना वृद्धि नभएसम्म हिंसाको घटनामा कमि नआउने बताउनु भएको छ। न्याय सुनिश्चित गर्ने जिम्मेवारी प्रत्येक नागरिकको रहेको हुनाले नागरिक सचेतना र क्रियाशीलताबिना न्याय सुनिश्चित हुन नसक्ने बताउदै नेपाली नागरिकलाई नागरिकता लिन कुनै समस्या नरहेको धारणा राख्दै मनमा भएको डर र भयलाई हटाएर सही कामका लागि अघि बढन आग्रह गर्नु भयो।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लहन नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका अध्यक्ष सरियार कुमारी चौधरीले कोभिड–१९ को बेला पनि हिंसाका घटनामा कमी नआएको र लहान नगरपालिकामा महिला हिंसाका घटना बढी आउने गरेको बताउनु भयो।न्यायिक समिति सक्रिय हुन थालेपछि सामाजिक न्याय बलियो बन्दै गएको बताउदै अब समाजमा हुने अपराधहरू घट्दै र कमजोर हुँदै जाने  धारणा राख्नु भयो । कार्यक्रममा सिरहा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पंजियार, पत्रकार मनिलाल विश्वकर्मा , इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार,मनोविमर्शकर्ता रेणु कर्ण लगायतकाले आ–आफ्ना धारणा राख्नु भएको थियो, भने कार्यक्रम संचालन ओरेक नेपाल सिरहा शाखाकी मनोविमर्शकर्ता देवकुमारी महराले गर्नु भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.