शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगर प्रमुख साह द्वारा मल्टिमिडिया सुचना बोर्डको शुभारम्भ
मंसिर २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मंसिर २५ - 
सिरहाको लहानमा नगरप्रमुख मुनि साह द्वारा मल्टिमिडिया एलईडी सुचना बोर्ड निर्माण कार्यको शुभआरम्भ गरिएको छ। लहान नगरपालिकाको मुख्य व्यापारिक क्षेत्रको रुपमा स्थापितडा नम्बर ६ र ७ लाई लक्षित गरि मल्टिमिडिया सुचना बोर्ड जडान कार्यको शुभ आरम्भ नगर प्रमुख साह द्वारा गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नगर प्रमुख साहले भन्नु भयो" लहान नगरपालिकाले गरिरहेको कार्य र गतिविधिको सुचना सहज रुपमा आम नागरिक समक्ष पुगोस उदेश्यले यस मल्टिमिडिया एलईडी सुचना बोर्डको स्थापना गर्न लागिएको हो। यस सुचना बोर्डले आम -नागरिकको सुचनामा सहज पहुच पुग्ने विश्वाश लिएका छौ। सडक ,शिक्षा,स्वास्थ्य कृषि ,पर्यटन र सूचना क्षेत्रमा भइरहेको विकासको कार्यमा सहयोगी बनौ, 'हाम्रो लहान,समृद्ध र सुन्दर लहानको नारा सफल पारौ |' 

लहान ६ का वडा वडा अध्यक्ष अरुण केसीको अनुपस्तिथिमा लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा लहान नपा ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारी ,लहान ९ का अध्यक्ष प्रदिप चौधरी ,लहान १० का अध्यक्ष मन्टी कुमार मण्डल, लहान ११ का अध्यक्ष राज कुमार साह , लहान १७ का अध्यक्ष प्रथमलाल चौधरी र अदालत बाट २३ महिना पछि सुन तस्करी मुद्दामा सफाई पाएर आएका लहान १९ का वडाध्यक्ष मोहम्मद  हकिम राइन लगायत विभिन्न पार्टीका प्रतिनिधि सर्वसाधारण संचारकर्मीको उपस्तिथी रहेको थियो। पटक -पटक विवाद भई रिट निवेदन परेर रोकिएको सुचना बोर्डको कार्य मंसिर २३ गते उच्च अदालत जनकपुर राजविराज इजलासले रिट निवेदन खारेज गरेपछि सुचना बोर्ड निर्माणको लागि बाटो खुलेको हो | यो योजना आपूर्तिका लागि फयाबुल्स इञ्जिनियरिङ्ग ट्रेडर्स वाफल काठमाडौंलाई २०७७ पौष १५ गते सम्म आयोजना सम्पन्न गर्ने गरि १५ लाख ५३ हजार ७ सय ५० रुपैया भ्याट समेत गरि २०७६ चैत ५ गते सम्झौता भएको हो। कार्यक्रमको संचालन प्रशासन शाखाका कर्मचारी लखनलाल साहले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.