8 Views
फिरोज शेख लहान २०७८ चैत २९ -
लहानमा अवस्थित लहान एभरेष्ट कलेज/स्कुलका संस्थापक सदस्य तथा क्याम्पस प्रमुख,लहान सिटी जेसीज वर्ष २००८ का अध्यक्ष तथा नेपाल जेसीज वर्ष २००९ का राष्ट्रिय उपाध्यक्ष धरणीधर अधिकारि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को उपाध्यक्षमा सर्वसहमत चयन हुनुभएको छ। मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने दुइ जना उपाध्यक्षमा सिरहाबाट धरणिधर अधिकारी र पर्साबाट लालबाबु यादव सर्वसहमत चयन भएका छन्। भने अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन्। चैत २५ र २६ गते सम्पन्न हिसानको आठौँ महाधिवेशनले सिलवालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र नवराज पाण्डे चयन भएका छन्। त्यस्तै महासचिवमा लोकबहादुर भण्डारी चयन भएका छन्। यसै बीच मधेश प्रदेशबाट केन्द्रिय सदस्यहरुमा धनुषाका बाबुसाहेब यादव ,डा. सोनु साह,राधाप्रसाद यादव र पर्साकाबिनोद उपाध्याय चयन भएका छन्। " भने अधिकांश पदाधिकारी यस अघिकै हुन्।