शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेएस क्याम्पस द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित
जेठ १८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ १८ - 
सिरहाको लहानमा अवस्थित क्यु ए ए मान्यता प्राप्त जेएस मुरारका बहुमुखी क्याम्पसले नवनिर्वाचित नगरप्रमुख ,उपप्रमुख र वडा अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरेका छन्। क्याम्पस व्यवस्थापन समितिका कार्यकारिणी अध्यक्ष राम सुन्दर चौधरीको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदाय लगनलाल चौधरी रहनु भएको थियो। कार्यक्रममा क्याम्पसको प्रगती र समस्या बारे क्याम्पस प्रमुख तुलसी राम पोखरेलले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई जानकारी गराउदै सम्भवत् लहान नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु जेएस मुरारका बहुमुखी क्याम्पसकै उत्पादन रहेको भन्दै खुसि समेत व्यक्त गर्नु भयो।

 कार्यक्रमा लहान नगरप्रमुख महेश प्रसाद चौधरी,उप-प्रमुख रामचलितर महतो लगायत लगभग लहानको २४ वटै वडाका अध्यक्षहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा सम्मान ग्रहण गर्दै नगरप्रमुख महेश प्रसाद चौधरीले शिक्षा स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै क्याम्पसको विकासका लागि र मधेस प्रदेशको नमुना क्याम्पस बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। कार्यक्रमा उपप्रमुख राम चलितर महतो र वडाध्यक्षको तर्फबाट  लहान-१० का वडाध्यक्ष मन्टी कुमार मण्डलले क्याम्पसले गरेको स्वागत तथा सम्मानको कदर गर्दै जनसमुदायको भावना अनुरुप कार्य गर्ने र शिक्षाको क्षेत्रलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भयो। कार्यक्रमा उपस्थित जनप्रतिनिधिहरुलाई फूलमाला ,गम्छा ,खादा,अबिर र मायाको चिनोले स्वागत तथा सम्मान गरिएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.