शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शिक्षा क्षेत्रमा भ्रष्टाचार सहय नहुने : नगर प्रमुख चौधरी
जेठ २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ २३ - 
लहान नगरप्रमुख महेश प्रसाद चौधरीले  शिक्षा क्षेत्रमा भ्रष्टाचार सहय नहुने बताउनु भएको छ। नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक तथा धार्मिक विधालयका प्रअ,शिक्षक,बालविकास र विद्यालय कर्मचारीहरुको साझा बैठकलाई सम्बोधन गर्नु हुँदै उहाँले 'जिल्लान्तर सरुवामा एक रुपैया पनि नलिई सरुवा गर्न निर्देशन दिदै शिक्षा क्षेत्रमा भ्रष्टाचार सहय नहुने बताएका हुन्। नगर प्रमुख चौधरी निर्वाचित भएको दुई हप्ता मात्र पुगेको छ तर यही दुई हप्तामा उहाँले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन व्यापक कार्य थाल्नी गरेको छ। आइतबार सम्पन्न  बैठकमा उहाँले शिक्षक-शिक्षिकाहरु कानुन नियमको परिधिमा रहेर काम गर्न,विद्यालय पोशाक लगाउन,दिवा खाजाको चेक बनिसकेको छ" पैसा बाँड्ने होइन, खाजा नै खुवाउन,साउन १ गतेदेखि नगरपालिका बाट मासिक तलव नै निकासा गर्ने,१० दिनभित्र शिक्षा समिति गठन गर्ने ,वाल विकास र विद्यालय कर्मचारीलाई १५ हजारको दरले तलव निकासा साउनदेखि हुने,शिक्षकले तत्काल विद्यालय सञ्चालन गर्न किन पाठ्यपुस्तक नै चाहियो ?  पाठ्यपुस्तक आउँन केहि ढिला भए पनि आफ्नो स्तर बाट बिद्यार्थीलाई पठन पाठन गराउन, विद्यालय व्यवस्थापन समिति नभएको बिद्यालयमा १५ दिनभित्र समिति गठन गर्न,कक्षा १ मा अंग्रेजी माध्यम सुरु गर्न र अंग्रेजी माध्यम सुरु गर्न लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने, १०० स्वयम शिक्षक भदौदेखि भर्ना गर्छौ , रिक्त दरबन्दी एक महिनामा पुरा गर्छौ र शिक्षकको जिल्लान्तर सरुवामा एक पैसा पनि नलिई कागजात अगाडि बढाउँन सहितको सल्लाझ सुझाव संगै निर्देशन दिनु भएको हो। 

बैठकमा वरिष्ट इन्जिनियर शत्रुधन प्रसाद चौधरी,सोसियल म्यानेजर वाटर एड परियोजनाका शम्भु प्रसाद साह,पशुपति आदर्श मावि लहानका प्रअ डा. महेन्द्र प्रसाद चौधरी,श्री जनता मावि सोनमति गढियाका प्रअ अरबिन्द दास,सगरमाथा मावि ढोड्ना लहान-१५ का प्रअ दोस्त बहादुर भट्टराई, मटियर्वा लहान -१ विधालयका प्रअ बद्री नारायण चौधरी ,शिवशक्ति आधारभूत लहान-५ का प्रअ बिभा  ठाकुर,धार्मिक विद्यालयको तर्फ बाट मोहमाद  मुस्ताक अलि ,बालबिकास शिक्षिका रुचिका गुप्ता र भोगेन रामले आ-आफ्ना समस्या संगै भौतिक आवश्यकता बारे जानकारी गराउदै सल्लाह सुझाव राखेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.