शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उद्योग वाणिज्य संघको निर्वाचनमा तीनजना अध्यक्ष सहित ३१ जनाको उम्मेदवारी

11 Views

असाड ९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ९- 
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको नयाँ नेतृत्व चयनको लागि हुन गइरहेको निर्वाचनमा तिन जना अध्यक्ष सहित ३१ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृत उद्धव हमालका अनुसार बुधबार निर्धारित समयमा उद्योग वाणिज्य संघको कार्यालयमा ३१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा अजय चौधरी, विकास कुमार शारडा र पशुपति साहले उम्मेदवारी दिएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा शत्रुधन प्रसाद चौधरी र बसन्तकुमार साह, द्वितिय उपाध्यक्षमा रामभजन पंजियार र सुरेन्द्र कुमार साह, महासचिवमा श्याम गुप्ता र सुनिलकुमार चौधरी, कोषाध्यक्षमा रामउदगार महतो, ललित नारायण सिंह, सचिवमा प्रदीपकुमार गुप्ता र राजलाल गुप्ता रौनियारले उम्मेदवारी दर्ता गराएको हो ।सदस्यहरुमा मनोज कुमार साह, बद्रीनारायण चौधरी, बैजनाथ साह सुडी, रबिन्द्रकुमार श्रेष्ठ, अमरनाथ साह तेली, मनोज कुमार महतो, मखबुल आमल, उपेन्द्र गण्डा, देवकुमार महतो सुडी, विन्देश्वर महतो, उज्जवल साह, राजकुमार यादव, मनोज कुमार साह, रामप्रकाश साहले उम्मेदवारी दर्ता गराएको हो ।महिला सदस्यहरुमा खुश्वु जयसवाल, रीतादेवी यादव, भवानी कुमारी श्रेष्ठ, मञ्जु साहले उम्मेदवारी दिएको हो। जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको मतदान असार १७ गते शुक्रबार मारवाडी सेवा सदनमा हुने जनाइएको छ । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.