7 Views
फिरोज शेख लहान २०७९ असार १६ -
लहान सुनचाँदी व्यवसायी संघ लहानको अध्यक्षमा नन्दकिशोर गुप्ता निर्वाचित भएका छन। हिजो राति सम्पन्न निर्वाचन अन्तर्गत अध्यक्षमा नन्दकिशोर गुप्ताले ३९ मत प्राप्त गरि आफ्ना निकटतम प्रतिस्पर्धी बसन्त कुमार साहलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बसन्त कुमार साहले २२ मत प्राप्त गरेका छन।त्यस्तै उपाध्यक्षमा एकल उम्मेदवारी दिएका विन्देश्वर साह ३४ मत प्राप्त गरि विजय भएका छन ,भने उनका निकटम प्रतिस्पर्धी रविन्द्र प्रसाद चौधरीले २३ मत प्राप्त गरेका छन। महासचिवमा मोनु कुमार साह ३९ मत प्राप्तगरी विजय भएका छन,भने उनका प्रतिस्पर्धी राम कुमार विश्वकर्माले १८ मत प्राप्त गरेका छन। सचिवमा मुकेश साह २९ मत प्राप्त गरि निर्वाचित भएका छन भने उनका निकटतम प्रतिस्पर्धी हरि नारायण विक २८ मत प्राप्त गर्दै कडा टक्कर दिएका छन।
कोषाध्यक्षमा युगल किशोर साह (पप्पु) ४३ मत प्राप्त गरि विजय भएका छन। भने उनका प्रतिस्पर्धी उज्ज्वल साह १६ मत प्राप्त गरि चित्त बुझाएका छ। त्यस्तै सदस्यहरुमा किरण प्रभादेवी सारडा ४३ ,राकेश साह ४१ ,दिनेश साह ४० ,सन्दिप साह ४६ र उमेश साह सोनार ५० मत प्राप्त गरि निर्वाचित भएका छन। लहान सुनचाँदी व्यवसायी संघ लहानमा ६२ जना सदस्यहरु रहेका छन। हिजो यस संघको ९ औ वार्षिक साधारण सभा तथा चौधो अधिवेशको उद्घाटन सत्रको प्रमुख अतिथि जिल्ला उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य रहनु भएको थियो भने कार्यक्रम श्याम साह भोरे भोरको अध्यक्षतामा सम्पन्न भएको थियो।