शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला उद्योग वाणिज्य संघको मतदान शान्ति पुर्वक सम्पन्न , विहान

5 Views

असाड १८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १८ - 
जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको नयाँ नेतृत्व चयनको लागि हिजो भएको मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। निर्वाचनमा ३१ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन अधिकृत उद्धव हमालका अनुसार मतदान कार्यक्रम शान्ति पुर्वक सम्पन्न भएको छ। हिजो शुक्रबार विहान १० बजे देखि बेलुका ५ बजे सम्म मतदाताले मतदान गरेका छन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहाको जम्मा मतदाता ४ हजार ७ सय २१ जना रहेकोमा निर्धारित समय भित्र २ हजार ९ सय ८२ जना मतदाताले मतदान गरेका छन्। मतदाता लाई मतदान गर्नका लागि नागरिकता,राष्टिय परिचय पत्र वा मतदाता परिचय पत्र मध्ये कुनै एक र आन्तरिक राजस्व कार्यलय बाट प्राप्त गर्नु भएका व्यवसायिक दर्ता फर्म ( पान ) को प्रमाण पत्र हेरेर मात्र मतदान गर्न दिइएको थियो। 

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा अजय चौधरी, विकास कुमार शारडा र पशुपति साह चुनावी मैदानमा छन्। यसैगरी प्रथम उपाध्यक्षमा शत्रुधन प्रसाद चौधरी र बसन्तकुमार साह, द्वितिय उपाध्यक्षमा रामभजन पंजियार र सुरेन्द्र कुमार साह, महासचिवमा श्याम गुप्ता र सुनिलकुमार चौधरी, कोषाध्यक्षमा रामउदगार महतो, ललित नारायण सिंह, सचिवमा प्रदीपकुमार गुप्ता र राजलाल गुप्ता रौनियारले उम्मेदवारी दर्ता गराएको हो । सदस्यहरुमा मनोज कुमार साह, बद्रीनारायण चौधरी, बैजनाथ साह सुडी, रबिन्द्रकुमार श्रेष्ठ, अमरनाथ साह तेली, मनोज कुमार महतो, मखबुल आमल, उपेन्द्र गण्डा, देवकुमार महतो सुडी, विन्देश्वर महतो, उज्जवल साह, राजकुमार यादव, मनोज कुमार साह, रामप्रकाश साह संगै महिला सदस्यहरुमा खुश्वु जयसवाल, रीतादेवी यादव, भवानी कुमारी श्रेष्ठ, मञ्जु साह चुनावी मैदानमा छन्। मतगणना आज शनिबार विहान ८ बजे देखि हुने जनाइएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.