शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
छड्के अनुगमनमा फेला परेका हेड मास्टर कारवाहीमा
असाड १९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १९ - 
श्री जनता सहिद वेचन यादव आधारभूत विद्यालय मोहनपुर लहान १५ का प्रधानाअध्यापक कारवाहीमा परेका छन्। गत शुक्रवार नगरप्रमुख महेश प्रसाद चौधरी,शिक्षा शाखा प्रमुख तथा संचारकर्मी सहितको टोलि अनुगमनको क्रममा त्यहा पुग्दा ८ बजे बिहानै घर हिडेका प्रधाना अध्यापक सैनी प्रसाद यादव बाटैबाट विद्यालय फर्केका थिए। अनुगमनको क्रममा विधालयको अवस्था कन्तविजोग देखिएको थियो। प्रधानाध्यापक व्यवस्थापन समिति संग मिलेर विद्यार्थीहरुको भविष्य संग खेलवाड गरिरहेको पाइयो। विधालय परिसर भित्रका शौचालयको अवस्था दुर्गन्धित ,बालविकास तथा नियमित कक्षाहरुमा फ़ोहोरै फोहोर,विद्यार्थीहरुलाई खुवाउने खाजाको पनि उचित व्यवस्था नभएको ,३ वर्ष देखि भुपु अध्यक्षको नाममा विद्यालयको खाता राखेको, नयाँ समिति गठन गर्न नसकेको , आफ्नै निजि विद्यालय जस्तो एकल अधिकार, दादागिरीका साथ विद्यालय संचालन गर्ने ,जति बेला मन लाग्यो घर तिर गैदीने लगायतका थुप्रै समस्याहरको कारण "प्रअ" को एकल हैकमबाजी रहेको जानकारी शिक्षकहरुले गराएका थिए।

नगरप्रमुखमा निर्वाचित भएपछि चौधरीले सामुदायिक विद्यालयहरुमा रोकिएको खाजा कार्यक्रमलाई तुरुन्त सञ्चालन गर्न लगाएको थियो । खाजा कार्यक्रम प्रभावकारी भयो कि भएन ? भनेर चौधरी आफैँ अनुगमनमा खटिएका छन् । यो विद्यालयले ‘ह्वाईट बोर्ड’ लगाउनको लागि नगरपालिकाबाट भुक्तानी लिएको छ। तर, विद्यालयमा ‘ब्लायाक बोर्ड’मै शिक्षण कार्य गराउँदै आएको पनि अनुगमनमा भेटिएको थियो । नगरप्रमुख चौधरी तुरुन्त बोर्ड लगाउन निर्देशन दिदै अनुगमनमा संगै रहेका लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरि यादवलाई प्रअ यादवलाई कारवाही गर्न निर्देश दिएका थिए। सोहि आदेशआनुसार प्रधानाअध्यापक सैनी प्रसाद यादब कारवाहीमा परेका हुन्। प्रधानाअध्यापक यादवलाई कारवाही स्वरूप लहान नगरपालिका शिक्षा शाखाले लहान १५ बाट सरुवा गरि लहान ४ मा अवस्थित श्री मधेश शहिद विजय सहनी आधारभूत विधालय चम्पापुरमा अर्को व्यवस्था नभएसम्मको लागि काम-काज गर्नका लागि पठाएको जनाएका छन्। 

यता नगर प्रमुख चौधरी शिक्षाको समस्या समाधान गर्न आफु जस्तो सुकै कदम उठाउन तत्पर रहेको बताउदै आइरहेका छन् । नगरसभाबाट शिक्षामा अन्य क्षेत्रभन्दा बढी बजेट लगभग ४ करोड बिनियोजन गरिएको उनले जानकारी दिएका छन् । शिक्षा क्षेत्रमा कुनै पक्षले बदमासी गरे सह्य नहुने उनले बताए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.