शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एपेक्स एजुकेशनल द्वारा १० औ वार्षिक उत्सव तथा विदाई कार्यक्रम

12 Views

असाड २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असर २७ - 
एपेक्स एजुकेशनल एकेडमी लहानले आफ्नो दशौ वार्षिक उत्सव मनाउदै व्रिज कोर्ष तथा इन्ट्रान्स प्रिपेशन गरेका विद्यार्थीहरुलाई शनिबार फरेवेल कार्यक्रमको आयोजना गरि विदाई तथा सम्मान गरेका छन्। एपेक्स एजुकेशनलका संस्थापक अध्यक्ष भरत साहको अध्यक्षता तथा राष्टिय परीक्षा बोर्ड सिराहाका प्रमुख पुष्कल खनालको प्रमुख आतिथ्यमा भएको उक्त विदाई तथा सम्मान कार्यक्रका अतिथिहरुमा लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी यादव, पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैता यादव, शेख मिडिया हाउस प्रालि. तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , विद्यार्थी नेता अशोक चौधरी लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षक, व्रिज कोर्ष तथा इन्ट्रान्स प्रिपेशन गरेका सैयौ छात्रछात्राहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण संचारकर्मी लाल बिहारी यादवले गर्नु भएको थियो ।कार्यक्रका वक्ताहरुले सम्पूर्ण विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना सहित उचित परामर्स दिएका थिए। कार्यक्रममा विधार्थीहरुले विभिन्न संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर मनोरंजन गराएका थिए। एपेक्स एजुकेशनल एकेडमी लहानले १० औ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका अध्यक्ष भारत साहले केक काटेर खुशी साटासाट गरेका थिए।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.