शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा करारका कर्मचारीहरुले बुझाए ज्ञापनपत्र
साउन ४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन ४ - 
सिरहा जिल्लाको लहान नगरपालिकाका करार तथा ज्यालादारीका कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका छन् । पिडित कर्मचारी संघर्ष समिति लहानले निमित्त प्रमुख प्रशासकिय अधिकृत शत्रुधन प्रसाद चौधरी र नगर उपप्रमुख राम चलितर महतोलाई मंगलवार नगरपालिकाको कार्यालयमा गइ ज्ञापनपत्र बुझाएका हुन। ज्ञापनपत्रमा तीन बँुदे माग राखिएको छ । सम्पूर्ण करारका कर्मचारीको कार्यसम्पादन मूल्यांकनको अधारमा आ.व. २०७९।८० मा म्याद थप गर्नुपर्ने,कुनै मन्त्रालयबाट करारको कर्मचारीहरुको सम्बन्धमा पत्र आएमा त्यसको पुनः पालना हुनुपर्ने,अस्थायी करारका कुनै पनि कर्मचारी आफनो स्वेक्षाले राजिनामा दिन चाहेमा वा हटन चाहेमा निजलाइ उपदान दिनुपर्ने माग गरिएको छ । लहान नगरपालिकाले केहि दिन अघि करार तथा ज्यालादारीका कुनै पनि कर्मचारीको म्याद थप नगर्ने सूचना जारी गरेको थियो । आ.व.२०७९ श्रावण देखि म्याद थप नगर्ने र कर्मचारीहरुलाई हाजरी नगर्न भनि सुचना जारि गरेको थियो। लहान नगरपालिकामा करार तथा ज्यालादारीका करिब सैयौ जना कर्मचारीहरु एकै चोटी अवकाश पाएपछि उनीहरु चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु अगाडी बढाएका छन्।

ज्ञापनपत्रमा भनिएको छ "लहान नगरपालिकाको स्थापनाकाल देखि विभिन्न पदमा अस्थायी÷करार र ज्यालादारी कर्मचारीहरुलाइ नियुक्ती गरी कामकाज गर्दै आइरहेकाहरुलाइ बिना कारण,बिना पुर्व जानकारी ,पूर्वाग्रही ढंगले काम बाट हटाइएको र कतिपयको अन्त्य जागिर खान उमेर हद पनि समाप्त भइसकेको सर्वविदितै छ। यस नगरलाइ राम्रो बनाउनलाइ रातदिन कामकाज गरी आइरहेको भएपनि कार्यसम्पादन मूल्यांकन नै नगरी कर्मचारीहरुलाइ विना सफाइको मौका दिइ एकमुष्ट सबै कर्मचारीलाइ म्याद थप नहुने सुचना जारि गरि कर्मचारीहरु माथि अन्याय गरेको छ। नगरपालिका बाट थप नहुने र कामकाजमा नआउने गरी निकालिएको सूचनाप्रति पिडित कर्मचारी संघर्ष समितिले घोर भर्तसना गरेको छ । साथै समाजिक सुरक्षा मन्त्रालय तथा गृहमन्त्रालय,संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको समेत ध्यानाकर्षण भइ करारका कर्मचारीहरुलाइ नहटाउने पत्र समेत पठाएको हुँदा लहान नगरपालिकाले वास्ता नै नगरी सम्पूर्ण करारका कर्मचारीहरुलाई हटाइएकोले कर्मचारीहरु नेपालको संविधानको अनुसार पाउने रोजगारीको मौलिक हक गुमाइ पिडित भएकोले तुरुन्त सम्पूर्ण कर्मचारीहरुको म्याद थप गरी कामकाजमा खटाउनका लागि जिल्ला समन्वय समिति सिरहा ,जिल्ला प्रशासन कार्यलय सिरहा ,जिल्ला प्रहरी कार्यलय सिरहा ,ईलाका प्रशासन कार्यलय लहान, नगरप्रमुख लहान नगरपालिका ,उप-प्रमुख लहान नगरपालिका,प्रमुख प्रशासकीय अधिकृत लहान नगरपालिका र ईलाका प्रहरी कार्यलय लहानलाई बोधार्थ राखी ज्ञापनपत्र बुझाइएको भनिएको छ।

ज्ञापनपत्रमा शान्तिपूर्ण दबाबमूलक नियमित धर्ना कार्यक्रम गर्ने भनिएको छ। लहानका करार तथा ज्यालादारीका कर्मचारीहरुले माग पुरा नभएमा संघर्षका अन्य कार्यक्रम गर्ने चेतावनी दिएका छन् । उक्त कार्यक्रम गर्दा कुनै घटना उप घटना भएको खण्डमा सम्पूर्ण जिम्मेवारी नगर कार्यपालिकाको कार्यालय,नगर प्रमुख ,उपप्रमुख,कार्यपालिका सदस्य र प्रमुख प्रशासकिय अधिकृत हुने संघर्ष समितिका संयोजक लाल प्रसाद साहको भनाई रहेको छ। यसै बीच लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले ज्ञापन-पत्र बुझ्दै हटाइएका कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनमा एकेब्द्धता जनाउदै कार्यसम्पादन मूल्यांकनको अधारमा कर्मचारीहरुलाई पुनर्वहाली गर्नु पर्ने बताएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.