शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
करारका कर्मचारीहरु लहान नगरपालिकाको मूल गेटमै धर्नामा

9 Views

साउन ९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन ९ -
सिरहाको लहान नगरपालिकाका करार तथा ज्यालादारी कर्मचारीहरू पुनः बहालीको माग राख्दै नगर कार्यपालिकाको कार्यालय अगाडि मूल गेटमै धर्नामा बसेका छन् ।लहान नगरपालिकाले साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेपछि कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै असाढ २८ गतेको निणर्य सच्याएर पुनः पदबहाली गर्नुपर्ने माग भन्दै उनीहरू आइतबार देखि  धर्नामा बसेका हुन् ।म्याद थप तथा करार नवीकरण नहुने भनी निणर्य भएको प्रति असन्तुष्टि जनाउँदै नगरपालिका कार्यालय अगाडि शान्तिपूर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरूले समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लहान नगरपालिकाले कार्यसम्पादन तथा कार्यमूल्यांकनको आधार समेत नमानी राजनीतिक प्रतिशोधका कारण करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने काम गरेको करार कर्मचारी तथा पिडित कर्मचारी संघर्ष समिति संयोजक कृष्ण मोहन साहले बताए। हामी म्याद थप तथा पुनः बहालीका लागि मेयर लगायत सम्वन्धित निकायलाई ज्ञापनपत्र बुझाइ अनुरोध समेत गरेका छौं। हामी सरकारको नीति र नियमसंगत भर्ना भएका छौं। उनले भने नेपालको संविधानको मौलिक हक अन्तर्गत पनि बेरोजगारीलाई रोजगारी दिनुपर्छ, भनी कानुनी व्यवस्था भए पनि स्थानीय सरकारले हामीलाई बेरोजगार बनाएर सडकमा ल्याउने काम गरेको छ। स्थानीय सरकारको गलत तथा अनैतिक निणर्यको विरुद्वमा हामी धर्नामा बसेका छौं । आफूहरूको रोजीरोटी खोसिएमा जस्तोसुकै कडा आन्दोलन र तालाबन्दी गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.