शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल आयुर्वेद औषधी ब्यवसायीको क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न
साउन १८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ श्रावन १९ - 
लहान नगरप्रमुख महेश प्रसाद चौधरी द्वारा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ सिरहा शाखाको क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ।नवनिर्वचित नगर प्रमुख चौधरीलाई संघका पदाधिकारीहरुले स्वागत तथा सम्मान गर्दै आफ्नो वार्षिक क्यालेन्डर बिमोचन गराएका हुन्। नेपाल आयुर्वेद औषधी ब्यवसायी संघका जिल्ला अध्यक्ष प्रियरंजन उपाध्याय ( मुन्ना जी ) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि   नगर प्रमुख महेश प्रसाद चौधरीले संगै विशिष्ट अतिथि नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ मधेश प्रदेश उपाध्यक्ष रोहित चन्द्र ठाकुर,अतिथिहरु लहान ७ का वडा अध्यक्ष म औतार शर्मा ,प्रदेश महासचिव रोशन मिश्रा, बैध जय नारायण यादव लगायतले शुभकामना मन्तव्य राख्दै ध्यान आकर्षण गराएका थिए। 

कार्यक्रममा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ सिरहा शाखाका अध्यक्ष उपाध्यायले नगर प्रमुख चौधरीलाई आयुर्वेद औषधी ब्यवसायीहरुले भोगिरहेका समस्याहरुको बारेमा जानकारी गराउदै नगरपालिकाले औषधी ब्यवसायीहरुलाई बिना झन्झट दर्ता प्रमाणपत्र उपलब्ध गराउनु पर्ने ,संघलाई व्यवस्थित पार्न कार्यलय संचालनका लागि जग्गा वा भवन उपलध गराउनु पर्ने,शान्ति,सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने लगायत मागहरु नगरप्रमुख चौधरी सामु प्रस्तुत गर्दै ध्यान आकर्षण गराएका थिए।   

कार्यक्रममा नगर प्रमुख चौधरीले सम्बोधन गर्नु हुँदै औषधी ब्यवसायीहरुलाई प्रक्रिया पुर्याएर दर्ताका लागि निवेदन दिन हुन् आग्रह गर्दै मापदण्ड भित्र पर्ने औषधी ब्यवसायीहरुलाई एक साता भित्र दर्ता प्रमाण-पत्र उपलब्ध गराउने प्रतिबध्ता जनाउदै भयरहित वातावारंमा जनतालाई सेवा दिन ध्यान आकर्षण गराउदै कार्यलय संचालनका लागि लहान नगरपालिकाले सक्दो सहयोग गर्ने जनाएका छन्। कार्यक्रमा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ सिरहा शाखाका अन्य पदाधिकारीहरु संगै संचारकर्मिहरुको समेत उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.