शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मधेश प्रदेशका पुर्व प्रदेश प्रमुख डा. अहिराज द्वारा शैक्षिक सामग्री
भाद्र २, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २ - 
मधेश प्रदेशका पुर्व प्रदेश प्रमुख डाक्टर राजेश झा (अहिराज) ले सिरहाको लहानमा शैक्षिक सामग्री वितरण गरेका छन्। सिरहाको लहान नगरपालिका वडा न.५ मा अवस्थित सब बन्दा पुरानो विगत ४५ वर्ष देखि समुदाय स्तर बाट संचालित मुस्लिम समुदायको मदरसा ( विधालय ) दारुल ओलुम हनफिया अशरफियामा डाक्टर राजेश झा (अहिराज) ले त्यहा अध्यनरत ५० जना विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। मदरसाका प्रधानाध्यापक अब्दुल हफिजको अध्यक्षतामा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रममा मदरसाका प्रमुख हाफिज अताबुल रहमानले नेपाल सरकार तथा स्थानीय सरकारले मदरसाहरु प्रति देखाई रहेको सौतेनी व्यवहार प्रति खेद प्रकट गर्दै मदरसाहरुलाई पनि सामुदायिक विधालय सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनु भयो। हाल यस मदरसामा ७ जना शिक्षक ( मौलाना ) पठन -पाठन गराई रहदा मात्र एक जना शिक्षकलाई स्थानीय सरकार बाट मासिक तलव उपलब्ध भइरहेको जानकारी गराए। बाँकी शिक्षकहरुको तलब तथा सेवा सुविधा स्थानीय समुदाय बाट चन्दा संकलन गरि जसोतसो उपलब्ध गराउदै आइरहेको दुखेसो पोख्दै मदरसामा नेपाल तथा भारत विहारको  विभिन्न जिल्ला बाट आएका ५० जना विधार्थी संगै समुदायका ५० जना विधार्थीहरु अध्यनरत रहेको जानकारी गराएका छन्। विधार्थीहरुका लागि स्थानीय निर्वाचन पश्चात नव निर्वाचित नगरप्रमुख महेश चौधरीले दिवा खाजा उपलब्ध गराए पनि होस्टेलमा बस्ने ५० जना विधार्थीहरुको खाना तथा पुस्तक पनि यस मदरसाका कमिटीले समुदाय स्तर बाटै परिपूर्ति गरिरहेको हुँदा सरोकारवालाहरु लाई यस प्रति ध्यान दिन आग्रह गरे। 

कार्यक्रममा लायन्स कल्ब तथा सिटि जेसिजका पुर्व अध्यक्ष रियासत लिमि मुन्नाले यस मदरसाको इतिहास बारे जानकारी गराउदै मदरसालाई पनि प्रविधिमैत्री बनाउन स्थानीय सरकार तथा सरोकारवाला र सहयोगी हातहरुलाई सहयोग गर्न आग्रह गर्दै अहिले मदरसामा उर्दु ,अरबी ,नेपालि ,अग्रेसी र गणितको पढाई नि:शुल्क भइरहेको र मदरसाको मासिक खर्च एक लाख भदा बढी रहेको समेत जानकारी गराए। 

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै डा. राजेशले शिक्षा क्षेत्र भित्र पनि मदरसा शिक्षामा राज्यको ध्यान अझै पुग्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै मदरसा शिक्षालाई प्रभावकारी बनाउनका लागि आफुले सक्दो सहयोग गर्ने जिकिर गर्नु भएको थियो। उहाँले हाम्रो इतिहासकारहरु   हामी संग पूर्ण रुपले इमान्दार बन्न नसकेको जानकारी गराउदै नेपालको निर्माण गर्ने क्रममा एउटा मात्र समुदायको मात्र लगानी नभएको बताउदै नेपालको निर्माणको क्रममा मुस्लिमहरुको पनि रगत बगेको बताउनु भयो। नेपाल निर्माणको क्रममा हतियार कसरि बनाउने ,कसरि चलाउने , हतियार बनाउन र चलाउन सिकाउने मुस्लिमहरु नै रहेको कुरा पृथ्वी नारायण साहले आफ्नो दिव्य उपदेशमा पनि लेख्नु भएको कुरा  प्रष्ट पार्नु भयो। उहाँले चार जना मान्छे कासिम अलि खान ,शेख जोरावत ,ममतागी र बेरासेन प्रारम्भमा पृथ्वी नारायण साह संगै आएका थिए। नेपाल एकिकरणको अभियानमा जुटे र हतियार बनाउन सिके सिकाए ,हतियार चलाउन मतवाली समुदायका गोर्खालीहरुलाई सिकाए। आज जुन नेपाली गोर्खालीहरु विश्व सामु सिर ठाडो पारेको छ। त्यसको पछाडी पनि मुसलमानहरुको हात छ , इस्लाम धर्मावलम्बीहरुको हात छ भनि जिकिर गरे। उहाँले नेपाल एकीकरण गर्न मुस्लिम समुदायको पनि अहम भूमिका रहेकोले नेपालि हुनुमा इस्लाम धर्मावलम्बीहरुलाई गर्व गर्न आग्रह गरे। उहाँले नेपाल एकीकरणको समयमा मुस्लिम समुदायले हतियार बनाउन र चलाउन नसिकाएको भए आज नेपाल देश नै रहने थिएन भनि जानकारी गराउदै मुस्लिम समुदायको वलिदान र भूमिकालाई मध्य नजर गर्दै इतिहासकारहरुले मुस्लिम समुदायप्रति इमान्दार नभएको भन्दै इतिहासको पुनर लेखन हुनु पर्ने माग गरेका छन्। 

यसै बीच उहाँले उपस्थित मौलाना तथा शिक्षकहरुलाई विधार्थीहरुलाई पठन-पाठन गराई रहदा देशको मुहार फेर्न नेपाल र नेपालको इतिहासको बारेमा तथ्यगत ज्ञानहरु दिन नसेको प्रति चिन्ता व्यक्त गर्दै विधार्थीहरुलाई नेपालको भौगोलिक ,राजनीतिक अवस्था संगै यो देशको बारेमा विषयगत ज्ञानहरु दिन आग्रह गरेका छन्। कार्यक्रमा प्रमुख अतिथि डाक्टर अहिराजले उपस्थित शिक्षक अब्दुल हफिज,हाफिज अताबुल रहमान ,मौलाना इरफान ,नुर मोहम्मद ,शिक्षक रुप नारायण साह, मदरसा कमिटि सचिव मोहम्मद अफाक लगायत मुस्लिम समाजका अगुवा तथा संचारकर्मीहरु लाई नेपालको झण्डा अंकित ब्याच लगाएर सम्मान गर्नु भएको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.