शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जे.एस.क्याम्पसलाई दुई वटा बस दिने नगरप्रमुख चौधरीको उद्घोष

8 Views

भाद्र ३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ ३ - 
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी लहानमा अवस्थित जे. एस .क्याम्पसलाई दुई वटा बस उपलब्ध गराउने उद्घोष गर्नु भएको छ। जे. एस .क्याम्पस लहान द्वारा आयोजित नगर प्रमुख महेश प्रसाद चौधरी र विधार्थीबीच अन्तरक्रिया कार्यक्रम नगर प्रमुख चौधरीले यस्तो उद्घोष गर्नु भएको हो। जे. एस . मुरारका बहुमुखी क्याम्पस लहानको भौतिक संरचना लगायत शैक्षिक अवस्थालाई सुधार गर्ने बिषयमा बिद्यार्थी, क्याम्पसका प्राध्यापक  र नगरप्रमुख बिच विहिवार अन्तरक्रिया गरिएको थियो । नगर प्रमुख चौधरी क्याम्पसको पुर्व स्ववियु सभापतिका साथै बिद्यार्थी समेत भएकोले क्याम्पस परिवारले उनलाई भब्य रुपमा स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा आफुले मास्टर्स सम्म अध्ययन गरेको क्याम्पसमा गुरुवर्गहरु द्वारा सम्मान हुन पाउँदा मन हर्षित भएको नगर प्रमुख चौधरीले बताउनु भयो । उक्त क्याम्पसमा अध्ययनरत गरिब, जेहेन्दार र विपन्न परिवारका ५० जना बिद्यार्थीलाई पालिकाबाट छात्रवृत्ति उपलब्ध गराउनुका साथै थन्केर राखेको ९० लाख पर्ने दुई वटा नगर बस केहिदिन भित्रै क्याम्पसलाई हस्तान्तरण गरिने नगर प्रमुख चौधरीले उदघोष गर्नु भयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.