शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मंसिर ४ गतेको चुनाव राष्ट्रवादी र समृद्धिको पक्षधरले जित्ने :
भाद्र २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २७ - 
नेकपा एमालेको पोलिटव्यरो सदस्य , मधेस प्रदेशको सह इन्चार्ज तथा पुर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मंसिर ४ गतेको चुनाव राष्ट्रवादी र समृद्धिको पक्षधरले जित्ने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला निर्वाचन कमिटिको लहान नगरपालिका सभा हलमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसतो बताउनु भएको हो ।राष्ट्रवादको पक्षमा नेकपा एमाले सधैं चटानी अडान लिइएको छ भने राष्ट्रघाती सन्धी सम्झौता गरेर नेपाली काँग्रेसको अगुवाई अहिलेको पाँच दल लागिपरेकोले जनताले नेकपा एमालेको उम्मेदबारहरुलाई जितउने विश्वास व्यक्त गर्नुभयो ।नेकपा एमालेबाट प्रधानमन्त्री बन्नु भएको मनमोहन अधिकारी र केपी शर्मा ओलीले भारतको हस्तक्षेप र अमेरिकाको दादागिरीलाई स्वीकार नगरेकै कारण एमालेको सरकार ढाल्न र पार्टी फुटाउने कार्य गरेको नेता श्रेष्ठले प्रष्टयाउनुभयो ।‘पाँच दलको राष्ट्रघाती गठबन्धनले एमसीसी र एसपीपी सम्झौता गरेर नेपालमा विदेशी हस्तक्षेपलाई निम्ताएकाले नेपाली जनताले नेकपा एमालेको पक्षमा मतदान गरेर राष्ट्रघातीहरुको मनोवल गिराउने निश्चित छ । देशैभरी र मधेसैभरी नेकपा एमालेप्रति देखिएको जनलहर जितको संकेत हो’ भन्दै नेता श्रेष्ठले दाबि गर्नु भयो।

मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको पक्षमा देखिएको जनलहलाई संरक्षण गर्न हरेक कमिटि सक्रियताको साथ लाग्न टोल कमिटि गठन गरेर अघि बढ्नुपर्ने उहाँले निर्देशन दिनुभयो ।भदौ ३१ गते गोलबजार नगरपालिका चोहर्वामा माविमा हुने पार्टी प्रवेश सभामा दस हजारभन्दा बढी अन्य पार्टीका नेताहरु पार्टी अध्यक्ष केपी ओलीको हातबाट टिका ग्रहण गरी पार्टी प्रवेश गर्ने नेता श्रेष्ठले भन्दै सिरहा जिल्ला एमालेको किल्ला हुने दावी गर्नुभयो । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चन्देश्वर मण्डललको अध्यक्षतामा सम्पन्न बैठकमा केस जिल्ला इन्चार्ज गङगा प्रसाद यादव, केस तथा जिल्ला सहइन्चार्जद्वय रामरति राम, रामप्रित राम, केन्द्रिय सल्लाहकार समितिका सदस्यद्वय धर्मनाथ यादव, लगनलाल चौधरी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यद्वय पूर्व मेयर मुनि साह र सिरहा–१ बाट प्रतिनिधि सभाका लागि सिफरिस भएका राम शंकर यादव लगायतका नेताहरुको उपस्थित रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.