शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकाले मुसहर समुदायको ३८ घर बनाउन गर्यो त्रिपक्षीय सम्झौता

9 Views

आश्वीन ६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असोज ६ - 
लहान नगरपालिकाले मुसहर समुदायको ३८ घर बनाउन त्रिपक्षीय सम्झौता गरेको छ। लहान नगरपालिकाकानगर प्रमुख महेश प्रसाद चौधरीले असारमा वडा नम्बर १५ मेनहर्वा गाउँमै पुगेर त्यहाका विपन्न मुसहर समुदायलाई नयाँ सुरक्षित घर बनाइदिने घोषणा गरेको थियो । त्यो घोषणा अनुसार कामलाई अगाडी बढाउने क्रममा पहिलो चरण अन्तर्गत नगरपालिकाले बुधबार ३८ वटा परिवारको घर बनाउन हयाबीटेट फर हुम्यानिटि नेपाल र धनगढीमाई २ मा अवस्थित भावनी एकिकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता गरेको छ । सम्झौता अनुसार हिल्टी फाउण्डेशनको लगानी हयाबीटेट फर हुम्यानिटि नेपाल मार्फत भवानीको साझेदारीमा प्रतिघर बराबर २ लाख रुपैयाँ संस्थाले दिने भएको छ । स्टिमेट अनुसार काम गर्दा अझै अपुग रकम भए नगरपालिकाले थप बजेट दिने सहमति भएको छ । घर बनाउन नगरपालिकाले नगरसभाबाट एक करोड रुपैयाँ विनियोजन गरेको छ। 

प्रत्येक परिवारलाई बरण्डासहितको दुई कोठा र शौचालय निर्माण गरिने हयाबीटेट फर हुम्यानिटि नेपालका प्रोग्राम म्यानेजर रामबहादुर श्रेष्ठले जानकारी गराए । उनका अनुसार घरको डिजाइन नगरपालिका, भवानी एकिकृत र हयाबीटेटको इन्जिनियरले बनाउने छ । घर बनाउने र सरसफाइ राख्न स्थानीयवासीलाई तालिमसमेत दिइने श्रेष्ठले बताए । ब्याम्बो सिमेन्ट टेक्नोलोजि प्रयोग गरेर घर बनाउने उनले जानकारी गराए । घर बनाउन स्थानीय सामग्री प्रयोग र गाउँकै मजदुरलाई रोजगारी प्रदान गरिने छ। यता नगरप्रमुख चौधरीका अनुसार आफुले गरिब, विपन्न समुदाय तथा व्यक्तिलाई घर बनाउन सहयोग गर्न सधैँ तयार रहेको छु ।’ विस्तारै अरु वडा र ठाउँमा समेत यस्तो कार्यक्र विस्तार गर्दै जानेछु" भन्नु भएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.