शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जित्यो
कार्तिक २७, २०७९ | फिरोज शेख

सिरहा लहान २०७९ कार्तिक २७ - 
पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।अष्ट्रेलियाको मेलबर्नमा भर्खरै सम्पन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले उपाधि जितेको हो।पाकिस्तानले दिएको १३८ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ५ विकेटको क्षतिमा १ ओभर बाँकी छँदै पूरा गर्यो।इंग्ल्याण्डका लागि बेन स्ट्रोक्सले अविजित रहँदै अर्धसतकीय पारी खेले। उनले ४९ बलमा ५२ रन बनाए। इंल्याण्डका लागि उनले नै सर्वाधिक रन बनाए र उनले नै जितका लागि अन्तिम रन हाने। 

यस्तै, ओपनरसमेत रहेका कप्तान जोस बटलरले १७ बलमा २६, ह्यारी ब्रोकले २३ बलमा २० र मोइन अलीले १२ बलमा १९ रन बनाए।यसैगरी, फिल साल्टले ९ बलमा १०, लियम लाइचभस्टोनले अविजित रहँदै २ बलमा १ रन बनाए। यसअघि, ओपनर एलेक्स हलेस पनि २ बलमा १ रन नै बनाएर आउट भएका थिए। हरिस राफले सर्वाधिक २ तथा सादब खान, शाहिन अफ्रिदी र मोहम्मद वासिमले १–१ विकेट लिएपनि त्यो पाकिस्तानलाई जित दिलाउन पर्याप्त रहेन।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सकेको थियो। पाकिस्तानका लागि शान मसुदले २८ बल खेल्दै सर्वाधिक ३८ रन बनाए। यस्तै, कप्तान बाबर आजमले २८ बलमा ३२, शादब खानले १४ बलमा २० र मोहम्मद रिजवानले १४ बलमा १५ रन बनाए।यसैगरी, मोहम्मद हरिसले १२ बलमा ८, मोहम्मद नवाजले ७ बलमा ५, शाहिन अफ्रिदीले अविजित रहँदै ३ बलमा ५, मोहम्मद वासिमले ८ बलमा ४, हरिस राफले अविजित रहँदै १ बलमा एकै रन बनाउँदा इफ्तिकर अहमदले भने ६ बल खेलेर पनि शून्य रनमा आउट भए।

इंग्ल्याण्डका साम कुरानले सर्वाधिक ३ विकेट लिए। उनी  फाइनलमा उत्कृष्ट तथा महत्वपूर्ण खेलाडी बने। त्यस्तै, क्रिस जोर्डन र आदिल रशिदले २–२ तथा बेन स्ट्रोक्सले १ विकेट लिए।यससँगै इंग्ल्याण्डले दोस्रोपटक टी–२० विश्वकपको उपाधि जितेको छ। यसअघि उसले सन् २० मा टी–२० विश्वकप जितेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.