शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
क्रिकेट प्रतियोगिताको उपाधि बेबी एन्जलले जित्यो
मंसिर १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मंसिर - १ : 
श्री राम जानकी युवा क्लव लहान -४ को आयोजनामा आयोजित इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिताको उपाधि बेबी एन्जल स्कुल लहान ४ ले  जितेका छन्। बुधबार सम्पन्न फाइनल खेलमा बेबी एन्जल स्कुलले लक्षमन ललिता कुशवाहा उच्च मावि लहान -३ लाई ७ विकेटले पराजित गर्दै उपाधि उचालन सफल भएका हुन्। टस जितेर पहिला ब्याटिंग गरेको ललकु उमाविले १६ ओभर २ बलमा बेबी एन्जलका बलर सामु निरिह बनेका ललकुका खिलाडीहरु मात्र ५१ रनको योगफलमा समेटिएको थियो। ५२ रनको समान्य विजय लक्ष्य सहित मैदानमा उत्रेका बेबी एन्जलका खिलाडीहरुले उत्कृष्ट ब्याटिंग गर्दै ८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाई ५३ रन बनाई इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता विजेता बन्न सफल भएका हुन्। 

विजेता बेबी एन्जल तथा उप-विजेता ललकुका खिलाडी संगै विभिन्न विधामा उत्कृष्ट भएका खिलाडीहरुलाई श्री राम जानकी युवा क्लवका  अध्यक्ष मनोज सहनी ,प्रमुख अतिथि श्याम इन्टर प्राइजेजका संचालक शुभाष चन्द्र चौधरी,विशिष्ट अतिथि शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख , क्वालिटी टेलर्स एण्ड ट्रेडर्सका संचालक नशारुल अन्सारी अतिथिहरु जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको महिला सदस्य खुश्बु जयसवाल,बेबी एन्जल र ललकु स्कुलाका शिक्षकहरु,जय अलख निरन्जन ट्रेडर्स लगायतका प्रतिनिधिहरुले शिल्ड ,मेडल र प्रमाण -पत्र हस्तान्तरण गरेका थिए। फाइनल म्याचको एम्पायरमा आयोजक क्लबका अध्यक्ष मनोज सहनी र पंकज गोस्वामी रहेका थिए। लहानका १६ वटा स्कुलको सहभागिता रहेको प्रतियोगिताको सहयोगीहरुमा श्याम इन्टरप्राइजेज ( टेरा मोटरस इ-रिक्सा शो रुम ),क्वालिटी टेलर्स  एण्ड ट्रेडर्स लगायतका रहेका थिए। त्यस्तै प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.