शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाबाट कटुवा पेस्तोलसहित एक युवा पक्राउ

8 Views

मंसिर २९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मङ्सिर २९ - 
सिरहा प्रहरीले कटुवा पेस्तोलसहित एक युवालाई नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट खटेको प्रहरीको गस्ती टोलीले बिष्णुपुर गाँउपालिका ३ राजपुर बस्ने २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शंकाको आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।प्रहरीले दासको साथबाट कटुवा पेस्तोलसहित गोली राउण्ड १ राउण्ड बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकोछ ।

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.