शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी क्लव अफ लहान द्वारा शैक्षिक सामग्री वितरण
पौष १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ पुस १ - 
रोटरी क्लब अफ लहानले  शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले लहान नगरपालिका -२४ श्री लेखनाथ माध्यमिक विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो। विहिवार विद्यालय परिसरमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी, रोटरी क्लब अफ लहानका अध्यक्ष प्रदिप गुप्ताको अध्यक्षता तथा लहान २४ का वडा अध्यक्ष रास लाल राय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप महतो, प्रधानाध्यापक राम वीलेक्षण सिंह, क्लबका संस्थापक अध्यक्ष शुशिल अग्रवाल ,पूर्वअध्यक्ष अशोक लाल अमात्य एवं क्लबका पदाधिकारी गोपाल गुप्ता,उज्वल साह ,पुनम चौधरी,सुनिल साह,सिद्धि अग्रवाल ,नागेन्द्र साह, शिवानन्द चौधरी,संचारकर्मी फिरोज शेख ,शम्भु यादव लगायत क्लबका अन्य सदस्य तथा बिधालयका शिक्षक ,व्यवस्थापन समिति सदस्यहरुको उप्स्तिथिमा स्कुल ब्याग, कपि, कलम, सिसाकलम सोहि मात्रामा इलेजर,कटर ,होर्लिक्स पाउच लगायतका शैक्षिक सामग्रीहस्तान्तरण गरेका थिए। विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री अभाव रहेको जानकारी प्राप्त भएपछि स्टेशनरी सामग्री वितरण गरिएको रोटरीक्लब अफ लहानका अध्यक्ष प्रदिप गुप्ताले बताउनु भयो ।क्लबले स्थापना कालदेखि लहान र आसपासका नगरपालिकाहरुमा आवश्यकता अनुसार विद्यालय लगायत अन्य स्थानमा शिक्षा,स्वास्थ्य र वातावारणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैआइरहेको अध्यक्ष गुप्ताले बताए।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख महेश प्रसाद चौधरीले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्नेबिषयलाई ध्यानमा राखी स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेकोमा रोटरी क्लब अफ लहान लाई धन्यवाद ज्ञापन गरेका छन्। उहाँले बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि र बिपन्नताका कारण कपि कलमकोसमस्याले विधार्थीहरुमा पठन पाठनमा कठिनाई भइरहेको बेला रोटरी कल्बले गरेको योगदानको कदर गर्दै आगामी दिनमा पनि सामुदायिक विधालयहरुलाई लक्षित गरि कार्यक्रमहरु संचालन गर्नु पर्ने सुझाब सहित यस विधालयको चौतर्फी विकासका लागि बजेट छुट्याई सकेको र शिक्षक अभावका कारण विधालयमा पठनपाठनमा समेत समस्या भइरहेको जानकारी प्राप्त भएको आइतबार देखि थप पाँच जना शिक्षक पठाउने प्रतिबध्ता जनाउदै आगामी दिनमा श्री लेखनाथ माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको पठन-पाठन हुने गरि नगरपालिकाको शिक्षा शाखाले कार्य थालनी गरिसकेको समेत जानकारी गराए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.