शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजको साधारण सभा तथा अधिवेशन पुस १६ गते
पौष ६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ पुस ६ - 
लहान सिटि जेसिजको २१ औ वार्षिक साधारण सभा तथा वर्ष २०२३ को नेतृत्व चयनका लागि हुने अधिवेशन यहि पुस १६ गते हुने जनाइएको छ।  लहान सिटि जेसिज वर्ष २०२२ का अध्यक्ष कुमु चौधरी र महासचिव फिरोज शेख द्वारा हस्ताक्षरित पत्र अनुसार लहान सिटि जेसिज बर्ष २०२२ को बार्षिक साधारण सभा तथा शाखा अधिवेशन २०७९ पुस १६ गते शनिवार लहान ७ स्थित मारवाडी सेवा सदनमा दिउँसो डेढ बजे हुने भएको जानकारी गराउदै लहान सिटि जेसिजमा आबद्ध सम्पूर्ण पदाधिकारी तथा जेसिस सदस्यहरुमा उपस्तिथिकालागी आह्वान गरेका छन्।
साधारण सभामा महासचिवको प्रतिवेदन , कोषाध्यक्ष प्रतिवेदन ,नयाँ सदस्यता अनुमोदन र वर्ष २०२३ को कार्यसमिति चयन सम्बन्धमा छलफल तथा निर्णय गरिने जनाइएको छ।

यसै बीच निर्वाचन अधिकृत अजय जयसवालले लहान सिटि जेसिज वर्ष २०२३ को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया तथा समय तालिका समेत सार्वजानिक गर्दै उम्मेद्वारहरुलाई उम्मेदवारी दर्ता गराउन आव्हान गरेका छन् । तालिका अनुसार २०७९ पुस १२ गते मंगलवार विहान १० बजे सदस्यता नामावली प्रकाशन ,पुस १२  गते ११ बजे देखि उम्मेदवारी फारम वितरण ,पुस १२ गते ११ :३० देखि ३:३० सम्म सम्म सदस्यता नामावली माथि दावी विरोध,पुस १३ गते ११ बजे अन्तिम नामावली प्रकाशन ,पुस १४ गते उम्मेदवारी बुझाउने अन्तिम मिति ,उम्मेदवारी नामावली प्रकाशन पहिलो पुस १४ गते १:३० बजे ,उम्मेदवारी माथि दाबि विरोध पुस १४ गते २ बजे देखि ३:३० सम्म ,उम्मेदवारी फिर्ता पुस १४ ४ बजे सम्म ,उम्मेदवारी अन्तिम नामावली प्रकाशन पुस १४ विहिवार ४:३० बजे ,उम्मेदवारहरुको प्रशिक्षण पुस १५ गते शुक्रबार दिउँसो २ बजे देखि ,उम्मेदवारहरुको अन्तर्वार्ता पुस १५ गते प्रशिक्षण पश्चात ,पुस १६ गते शनिबार साधारण सभाको बन्दसत्रमा (ककस ) , पुस १६ गते ककस पश्चात प्रचार प्रसार र निर्वाचन प्रकृया पुस १६ गते शनिबार प्रचार प्रसार पश्चात हुने जनाइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.