शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डम्फु र मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै गएको प्रति चिन्ता

6 Views

फाल्गुन २२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन २२ - 
तराईमा ‘होरी’ (फागु) पर्व आउन एक दिन मात्रै बाँकी छ । तर, विगतका वर्षहरूमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको प्रति वक्ताहरुले चिन्ता व्यक्त गरेका छन्। जिल्ला उधोग वाणिज्य संघ सिरहा लहान द्वारा आयोजित स्वागत सम्मान तथा होलि मिलन समारोहमा उपस्थित कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राम शंकर यादव ,विशिष्ठ अतिथिहरु प्रतिनिधि सभा सदस्य गङ्गा प्रसाद यादव , प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी, ललिता दास बिद्रोही ,लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो ,जिल्ला जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य ,लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेख ,लायन्स क्लव अफ फुलबारीका शंकर प्रसाद गुप्ता ,प्याब्सनका पुर्व प्रदेश संयोजक मुरारी प्रसाद साह,नेकपा माओवादी केन्द्रका नेता विजय कुमार गुप्ता ,लायन्स क्लव अफ सनसाइन कि सचिव रमिता नेपाल, रोटरी क्लव अफ लहानका सचिव गोपाल गुप्ता लगायतले शुभकामना मन्तव्य राख्दै मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय एवम् डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान देखिन छाडेको प्रति चिन्ता व्यक्त गरेका छन्।श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा अब सिरहा सहितका मधेश प्रदेशमा सुन्न छाडिएको जिकिर गर्दै श्रीपञ्चमी पर्व सुरु गरिएसँगै मृदङ्ग, हारमोनियम र डम्फुका तालमा प्रत्येक रात मिथिलाका बस्ती–बस्तीमा गाइने जोगिरा गीत  पछिल्ला दुई दशकयता कम सुनिन थालेको र डिजे आतक संगै अश्लिल गितहरुको दबदबा बढ्दै गएको प्रति यसका रोकथामका लागि एक जुट भई कानुनि प्रक्रियामा जानुपर्ने कुरामा वक्ताहरुले जोड दिएका छन्।

आइतबार जिल्ला उधोग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा सामाजिक छुवाछुत, उचोनिचो जात र भिन्न भिन्न धर्मसंस्कृतिभन्दा माथि उठेर एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर भएता पनि यसको सौन्दर्यको महत्त्वपूर्ण अङ्ग श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष विकास सारडाले जिकिर गर्दै लहान बजारको खस्किदो व्यापार र व्यवसायीको अवस्था बारे जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चारै जनालाई स्वागत तथा सम्मान गरिएको थियो।

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.