शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नौजवान युवा कमिटिको शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न

9 Views

फाल्गुन २४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ फागुन २४ - 
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व “शब ए बारात” को अवसरमा नौजवान युवा कमिटि लहान -५ का युवाहरु द्वारा आयोजित शुभकामना आदान -प्रदान कार्यक्रम मंगलवार बुलुकी सम्पन्न भएका छन्। कार्यक्रममा कमिटिका युवाहरुले लहान नगरप्रमुख महेश प्रसाद चौधरी,लहान ५ का वडा अध्यक्ष अब्दुल करिम,मुस्लिम समाजका अफाक शेख,मकबुल आलम,संचारकर्मी तथा लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेख लगायतलाई स्वागत तथा सम्मान गरेका छन्। कार्यक्रममा नौजवान युवा कमिटिका वासिम अक्रम ,मोहम्मद फिरोज हुसेन शेख, तनवीर रेजा र मोहम्मद जम्साद लगायत मुस्लिम समुदायको उपस्तिथी रहेको थियो। नगर प्रमुख चौधरीले शुभकामना मन्तव्य राख्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउनु हुँदै मुस्लिम समुदायको उन्नति ,प्रगति ,सुख ,शान्तिको कामना गर्दै मुस्लिम समुदायको समस्या समाधान गर्न आफु सदैव तत्पर रहने बताउनु भयो। 

कमिटिका युवाहरुले “शब ए बारात” को अवसरमा लहान ५ स्थित जामा मस्जिद तथा इदगाहलाई झिलिमिली बत्ति लगाई झकिझकाउ बनाएका थिए। ईस्लामिक क्यालेण्डर अनुसार पर्ने यो “शब ए बारात” पर्व  मुस्लिम समुदायहरुको विशेष र एकदमै महत्वपूर्ण चाडपर्व मध्ये एक हुन्। यस पर्वको दिनमा रोजा (ब्रत) राख्नु सुन्नत हुने र रातभर जाग्राम बसेर अल्लाहको इबादत गर्ने गरिन्छ । गाउँ बस्तीका सबै मानिस एकै ठाउँ मस्जिदलगायत धार्मिकस्थलहरुमा भेला भएर पवित्र धर्मग्रन्थ कुरान सरिफ पढ्ने, नफ्फिल (अतिरिक्त) नमाज पढ्ने, अल्लाहसँग आफूले वर्षभरि जान अञ्जानमा गरेका सबै गल्तीको क्षमा याचना गर्दै दुवा गर्ने, मिलाद सरिफ पढ्ने, मरेका आफन्तजनको चिरशान्तिका निम्ति दुवा लगायतका धार्मिक क्रियाकलाप गरी यो पर्व आज विहान विधिवत रुपमा सम्पन्न भएको छ। 

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.