शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेसिजका अध्यक्ष शेखको प्रमुख आतिथ्यतामा कक्षा १० का विद्यार्थीहरुको विदाई
चैत्र ४, २०७९ | फिरोज शेख

सिरहा लहान २०७९ चैत ४ शनिबार - 
सिरहाको लहानमा अवस्थित नेशनल एकेडमीले कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न गरेको छ। सिरहाको लहानमा विगत ११ बर्ष देखि निरन्तर संचालनमा रही उत्कृष्ट शिक्षा प्रदान गर्दै विद्यार्थी तथा अभिभावकहरुको मन जितन सफल नेशनल एकेडमी लहान -५ ले कक्षा १० मा अध्ययनरत ३३ जना विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो सहित विदाई गरेका छन्।नेशनल एकेडमीका निर्देशक मोहम्मद मुस्तफा रहमानिको अध्यक्षता,लहान सिटि जेसिजका अध्यक्ष तथा संचारकर्मी फिरोज शेखको प्रमुख आतिथ्यता एवं जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका सदस्य तथा समाजसेवी मोहम्मद मकबुल आलमको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीकी अध्यक्ष नजमा तबस्सुम ,प्रधानाध्यापक शम्भु राई,अभिभावक तथा शिक्षकहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षक,अतिथि,विशिष्ट अतिथि तथा प्रमुख अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा एस ई इ परिक्षा दिने सम्पूर्ण विधार्थीहरुलाई सफलताको शुभकामना सहित   विद्यालयको नतिजा लाई अझ सुधार गर्न सवै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनिहरुले विद्यार्थी शिक्षक र अभिभावक मिलेर अघि बढे मात्र नतिजा सुधार गर्न सकिनेमा जोड दिदै यस वर्षको एस ई इ अन्य वर्षको तुलनामा कडा हुने भएकोले सम्पूर्ण विधार्थीहरुलाई कडा मेहिनेतका साथ तयारि गर्न आग्रह पनि गरेका थिए। कार्यक्रमा उपस्थित सम्पूर्ण विधार्थीहरुलाई प्रमुख अतिथि शेखको हात बाट मायाको चिनो हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भु राईले स्वागत मन्तव्य राख्नु भएको थियो। भने निर्देशक रहमानिले विधार्थीको उज्जवल भविष्यको कामना सहित भावुक हुँदै बधाई तथा विदाई मन्तव्य ब्यक्त गरेका थिए। वि.स.२०६८ सालमा लहान -५ शिवटोल स्थित दुई सय विधार्थी सहित संचालनमा आएका यस विधालयमा हाल ६०० भन्दा बढी बिधार्थिहरु अध्यनरत रहेको ब्यवस्थापन समितीकी अध्यक्ष नजमा तबस्सुमले जानकारी गराइन। करिब तिन सय जना अभिभावक ,विधार्थी तथा शिक्षकहरुको उपस्तिथीमा सम्पन्न कार्यक्रममा विधार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै शिक्षकहरु प्रति सम्मान प्रकट गरेका थिए। कार्यक्रमको उद्घोषण नेपालि सरले गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.