शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेएस क्याम्पस लहानमा नेवि संघ विजयी
चैत्र ७, २०७९ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७९ चैत ७ - 
सिरहाको जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ । यहाँ एमाले, जसपा र माओवादी केन्द्र निकटका विद्यार्थी संगठनले संयुक्त गठबन्धन गरेको थियो । गठबन्धनकी सभापति उम्मेदवार चन्द्रकला बच्छार थारुलाई ११४ मतान्तरले हराउँदै नेविसंघका रामकृष्ण यादव सभापतिमा निर्वाचित भएका छन् ।  रामकृष्णले ५२३ मत पाउँदा चन्द्रकलाले ४०९ मत प्राप्त गरेको छ ।

सचिव, कोषाध्यक्ष र सदस्यहरु पनि नेवि संघकै प्यानल विजयी भएको छ । सचिवमा महेश कुमार साह ५६९ मत र  कोषाध्यक्षमा मनिस कुमार चौधरी ७२४ मत ल्याएर निर्वाचित भएको छ । गठबन्धनका सचिव पदका उम्मेदवार सिकेन्द्र कुमार सिंह ३६१ र कोषाध्यक्ष पदका उम्मेदवार मनिषा गुप्ता रौनियारले १९९ मत ल्याएका छन् ।यस्तै सदस्यहरुमा सुस्मिता विक ६७१ मत, रोहित कुमार राउत ६४० मत, एसियन किराती राई ६३० मत, यस चौधरी ६७७ मत, हेमु बस्नेत ६३२ मत, दिनेश कुमार महतो ६२१ मत र सुरेन्द्र कुमार रामले ६१८ मत ल्याएर निर्वाचित भएको छ । यहाँ एमाले, जसपा र माओवादी निकटका विद्यार्थी संगठनले संयुक्त गठबन्धन, जनमत पार्टी निकट जनमत विद्यार्थी संघ, नेकपा एस निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ चार वटा प्यानल बनाएर चुनाव लडेको थियो  । २२३२ विद्यार्थी मतदातामा १३२७ मत खसेको थियो । समानुपातिक तर्फ पनि नेविसंघले बढी मत प्राप्त गरेको छ । विजय भएको खुसियालीमा नेविसंघले विद्यार्थी तथा अभिभावकहरुलाई धन्यवाद ज्ञापन गर्दै विजय र्याली निकालेका थिए। नेपालि कांग्रेस निकट नेता तथा कार्यकर्ताहरुको सहभागितामा निकालिएको विजय र्याली नाचगान गर्दै लहान बजार परिक्रमा गरेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.