शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एमालेको विरोधका बीच बाचनालयको उद्घाटन कार्यक्रम सम्पन्न
चैत्र २५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत २५ -
सिरहाको लहानमा नवनिर्मित विद्यापति भानुभक्त वाचनालय उद्घाटनको क्रममा मेयर महेश प्रसाद चौधरीको नेकपा एमाले लहानले विरोध प्रदर्शन गरेका छन्।शुक्रबार लहान ७ स्थित रहेको विद्यापति भानुभक्त बाचनालयको दोहोरो उद्घाटन गर्न लागेको भन्दै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले मेयर चौधरीको विरोध गरेका हुन् ।विद्यापति भानुभक्त वाचनालयलाई पुर्व मेयर मुनि साहले २०७८ चैत २१ गतेनै उद्घाटन गरि सक्नु भएको बताउदै भवनको फेरि उद्घाटन गरेर मेयर चौधरी भ्रष्टाचार गर्न खोजेको नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले विभिन्न आरोप लगाउदै कालो झण्डा बोकी बिरोध प्रदर्शन गरेका हुन् ।विरोध प्रदर्शनको क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी बीच समान्य झडप पनि भएको थियो।

यसै बीच बाहिर बिरोधको कार्यक्रम चलि रहेकै बेला मेयर चौधरी पुर्व निर्धारित समय अनुसार शुक्रबार दिउँसो तिन बजेको समयमा विद्यापति भानुभक्त बाचनालय भवनको समुद्घाटन गर्नु भएको हो। भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो " पुर्व मेयर साहको पालामा भवन पूर्ण रुपमा सम्पन्न नभएको र केहि दिन आगाडी मात्र भवन निर्माणको कार्य सम्पन्न गरि निर्माण व्यवसायीले लहान नगरपालिकालाई जिम्मा लगाएको हुँदा पुर्व निर्धारित कार्यक्रम अनुसारनै विधिवत रुपमा समुद्घाटन कार्यक्रम राखिएको बताउनु भयो। मेयर चौधरीले पुर्व मेयर साहले भवन निर्माणकै क्रममा स्थानीय तहको निर्वाचनका बेला आचारसंहिता लागु हुनु भन्दा दुई दिन अगावै बिना कुनै निर्णय प्रक्रिया मिची आफु खुसि हतार -हतारमा निर्माधीन भवनको उद्घाटन गरेर जनतालाई भ्रमित पारेको हुँदा केहि दिन अगाडी मात्र निर्माण व्यवसायीले भवनको सम्पूर्ण काम सम्पन्न गरि भवन नगरपालिकालाई हस्तान्तरन गरेको हुँदा पुर्व निर्धारित कार्यतालिका अनुसारनै आज भवनको विधिवत रुपमा उद्घाटन गरिएको बताउनु भयो। विगतमा पुर्व मेयरले गरेको गतिविधिको जवाफ जनताले ब्यालेट मार्फत दिइसकेको र निर्माणकै क्रममा रहेको योजनाहरुको आफुखुसि उद्घाटन गरि जनतालाई भ्रमित पारेको आरोप लगाउदै मुट्ठीभर अन्धभक्तको विरोधले लहानको विकास निर्माणमा कुनै असर नपर्ने बताउनु भयो।  

लहान नगरपालिका वडा न.७ का वडा अध्यक्ष राम औतार शर्माको अध्यक्षता तथा मेयर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि जिल्ला उधोग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडा,अतिथिहरु नेपाल पत्रकार महासंघका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता,लहान ४ का वडा अध्यक्ष रामनाथ पण्डित ,लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेख लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रमा विभिन्न वडाका वडा अध्यक्ष ,नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, नेवि संघका युवा नेताहरु लगायत लहान नगरपालिकाका कर्मचारीहरुको उपस्तिथी रहेको थियो। कार्यक्रमको संचालन लहान ८ का वडा सदस्य राजु मण्डलले गर्नु भएको थियो भने स्वागत मन्तव्य लहान ५ का वडा अध्यक्ष अब्दुल करिमले राख्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.